झापा, बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि भारत, भुटान र नेपालका विभिन्न ठाउँमा पुग्छन्। जहाँ पुगे पनि उनको साथ हुन्छ बाँसुरी।
उनलाई भेट्नेबित्तिकै उनीसँग परिचितहरू बाँसुरी बजाउन आग्रह गरिहाल्छन्। अर्जुन पनि मीठा धुनहरू सुनाइदिन्छन् । सुन्नेहरू मक्ख पर्छन्।
उनको बाँसुरीको मीठो धुन पूर्वी नेपालसँगै भारतका दार्जिलिङ, मिरिक, सिक्किम, कोलकाता, जल्दापाडादेखि भुटानसम्म परिचित छ। 'आफ्नो रहर पूरा गर्न पनि संघसंस्थाका विभिन्न कार्यक्रममा बाँसुरी बजाउँछु, गीत गाउँछु,' उनी भन्छन्।
प्रकाशित: १ माघ २०७१ ११:४० बिहीबार