पक्राउ पर्ने अन्यमा ३१ वर्षीय सरोज रानामगर र ३६ वर्षीय मनोजकुमार आचार्य छन्। रानामागर काठमाडौंको थापागाउँबाट पक्राउ परेका हुन् भने आचार्य बानेश्वरबाट पक्राउ परेका हुन्। रानामगरमाथि रकम संकलन गरी हिनामिना गरेको र सर्लाहीका आचार्यलाई किर्ते गरी ठगी गरेको अभियोग छ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार मनोजकुमार आचार्यको नाममा किर्ते सेयर लागत खडा गरी सिद्धार्थ डेभलपमेन्ट बैंक जोरपाटी शाखाबाट १ करोड ८ लाख रुपैयाँ ऋण लिएको अनुसन्धानमा खुलेको छ।
'पक्राउ परेकाहरुमाथि ब्युरोले ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ,' अधिकारीले नागरिकसँग भने, 'पीडितहरुको रकम असुलउपर गराइनेछ।' आरोपीहरु पक्राउ परेदेखि गुरुकुल नेसनल फाउन्डेसन र उमाविको नामामा अन्य व्यक्ति र संस्थासमेत ठगिएको भन्दै दिनहुँ आउने गरेको उनले बताए।
स्कुलदेखि कलेजसम्म एक हजार विद्यार्थी अध्ययनरत रहेकामा हाल कक्षा १–१० सम्मका विद्यार्थी मात्र अध्ययनत छन्। हाल ३ सय विद्यार्थी मात्र छन्। प्लस टुदेखि स्नातकसम्मका विद्यार्थी अन्यत्र सरिसकेका छन्। पीडित विद्यार्थीले समेत गुरुकुल फाउन्डेसन र उमाविविरुद्ध ब्युरोमा उजुरी दर्ता गराएका छन्।
प्रकाशित: २७ पुस २०७१ २२:०६ आइतबार