अन्य

गुणस्तरहीन खाद्यन्न बेच्ने १४ व्यवसायीविरुद्ध मुद्दा

कञ्चनपुर- क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने कञ्चनपुरका १४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालयमा चालु आवको पाँच महिनाको अवधिमा ती मुद्दा दायर गरिएको कार्यालयका निमित्त प्रमुख रवीन्द्र झाले बताए।'मिसावटयुक्त खाद्य पदार्थ बिक्री वितरण गर्ने, सरसफाइ नगर्ने र म्याद गुज्रेका खाद्य पदार्थ बिक्री वितरण गरी मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेका छौं,' उनले भने।

व्यवसायीविरुद्ध दायर गरिएका मुद्दा विचाराधीन अवस्थामा रहेकाले नाम सार्वजनिक नगरिएको उहाँले बताए। सुदूरपश्चिमका कञ्चनपुरसहित कैलाली, अछाम, डोटी र डडेल्धुराका गरी २९ व्यवसायीविरुद्ध खाद्य ऐनअन्तर्गत सम्बन्धित जिल्ला प्रशासनमा मुद्दा दर्ता गरिएको झाको भनाइ छ। रासस

प्रकाशित: २७ पुस २०७१ ०१:०० आइतबार