अन्य

कुटेर युवकको हत्या

तेह्रथुम—पञ्चकन्या गाविस–४ बस्ने २५ वर्षिय गोपाल लिम्बुको हत्या भएको रहस्य खुलेको छ।सोमबार बिहान छिमेकीको घरमा उनको शव भेटिएको थियो। स्थानीय नैन्द्र तामाङले हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ। सामान्य विवादका क्रममा नैन्द्रको कुटाइबाट मृत्यु भएको बयान प्रहरी समक्ष उनले दिएका छन्।

बसन्तपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गीत नारायण चौधरीका अनुसार नैन्द्रले गोपालको हत्या गरेको स्वीकारेपछि कर्तब्य ज्यान मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक चौधरीले जानकारी दिए।

मृतक गोपाल सोमबार बिहान छिमेकीको घरमा मृत अवस्थामा भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेक थिए।

प्रकाशित: २२ पुस २०७१ ०८:०० मंगलबार