अन्य

सर्जरीले सुन्दरी

प्रियंका चोपडा
प्रियंका चोपडाले नाक र ओठमा प्लास्टिक सर्जरी गराएकी छिन्। त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि त्यति मिलेको थिएन।
 
 
 
कंगना रनोट
फिल्मी क्षेत्रमा प्रवेश गर्दाका सुरुका दिनमा अभिनेत्री कंगना रनोटको ओठ बारुलाले चिलेर सुन्निएजस्तो र भद्दा थियो। उनले ओठको प्लास्टिक सर्जरी गराइन्। उनले ब्रेस्ट इम्प्लान्टसमेत गराएकी छिन्। पहिले उनका स्तन साना थिए।
 
राखी सावन्त
आफ्नो शरीरमा थरीथरी प्रयोग गर्ने सवालमा बलिउडकी नर्तकी राखी सावन्त अगाडि थिइन्। उनले स्तन प्रत्यारोपण गराएकी थिइन्। प्लास्टिक सर्जरीमार्फत चिउँडो, नाक आदि आकर्षक बनाएकी थिइन्। स्वास्थ्यमा नकारात्मक असर परेपछि उनले उनले इम्प्लान्टजति सबै निकालेकी छिन्।
 
सुष्मिता सेन
बलिउडमा इम्प्लान्ट गरेर स्तन आकर्षक बनाउने पहिलो पात्र हुन्, सुष्मिता सेन। सन् १९९४ मा मिस युनिभर्स भएकी उनले त्यसअघि नै ब्रेस्ट इम्प्लान्ट गरेर आफूलाई सेक्सी लुक दिलाएकी थिइन्। साथै उनले नाकमा समेत इम्प्लान्ट गरेर यसलाई आकर्षक बनाएकी हुन्।
 
बिपाशा बसु
बिपाशा बसुको शरीर कसिलो खालको छ। उनको स्तन अझ कसिलो छ। इम्प्लान्टमार्फत उनले आफ्नो स्तनलाई यस्तो आकर्षक बनाएकी हुन्।
 
आइसा टाकिया
अभिनेत्री आइसा टाकियाको आकर्षक स्तनको बलिउड वृत्तमा चर्चा हुने गथ्र्यो। शरीर दुब्लो,पातलो भए पनि उनको स्तन ठूला र कसिला थिए। इम्प्लान्ट गरेर उनले स्तनलाई यसरी आकर्षक बनाएकी थिइन्। स्लिम शरीरमा ठूलो स्तनले उनको स्वास्थ्यलाई हानि गर्‍यो। त्यसैले उनले इम्प्लान्ट गरेको स्तन झिकेर यसलाई पूर्वावस्थामा ल्याइन्।
 
मल्लिका सेरावत
अभिनेत्री मल्लिका सेरावतले सिलिकन इम्प्लान्ट गराएर आफ्ना स्तनलाई कसिलो बनाएकी छिन्। त्यसैले जुनसुकै पहिरन लगाउदा पनि उनी आकर्षक क्लिभेज देखियोस् भन्नेमा सचेत रहने गर्छिन्।
 
श्रीदेवी
किशोरी भएपछि पनि अभिनेत्री श्रीदेवीको स्तन आकर्षक देखिनेगरी ठूलो थिएन। उनको स्तन ब्राभित्रै कतै हराएजस्तो लाग्थ्यो। तर, इम्प्लान्ट गरेपछि उनी आकर्षक स्तन भएका बलिउडकर्मीको सूचिमा परिन्।
 
 
सन्नी लियोन
पोर्न फिल्मको करिअरमा सफलताको शिखर चुमेका बेला अभिनेत्री सन्नी लियोनले इम्प्लान्ट गरेर स्तनको आकार बढाउने र यसलाई कसिलो बनाउने काम गरेकी थिइन्। यो सन् २००७ तिरको कुरा हो। त्यसयता बलिउडमा आएपछि पनि उनको आकर्षक स्तनको तारिफ हुने गरेको छ।
 
पामेला एन्डर्सन
हलिउडमा सबैभन्दा 'हेभी' स्तन भएकी अभिनेत्रीमा गनिन्छिन्, पामेला। मोडलिङबाट अभिनय क्षेत्रमा फाल हानेकी पामेलाले स्तन इम्प्लान्ट गरेकी छिन्। दुई पटक प्लेब्वाई म्यागजिनका लागि फोटो देखाएपछि उनलाई आफ्नो कामुकता पर्याप्त लागेन। त्यसपछि उनले इम्प्लान्ट गरेर ब्रेस्टको आकार बढाइन्।
 
लिल किम
र्‍यापर तथा गीतकार लिल किमले सन् १९९५ मा पहिलो सोलो एल्बम निकालेपछि नाक तथा स्तनको आकार बदलेकी थिइन्। नाक टुपुक्क परेको मिलेको बनाउन र स्तनको आकार बढाएर यसलाई कसिलो बनाउन उनले इम्प्लान्ट गरेकी थिइन्। चार फिट ११ इन्च अग्ली किमले आवश्यक भन्दा बढी ठूलो स्तन बनाएर आफूलाई भद्दा देखाएको भन्दै उनको मजाक उडाइने गरेको छ।
 
ब्रिट्नी स्पेयर्स
बेलायती पपगायिका ब्रिट्नीले पटक–पटक प्लास्टिक सर्जरी गराइसकेकी छिन्। किशोरावस्थामै उनले स्तनको प्लास्टिक सर्जरी गराएकी थिइन्। ब्रेस्ट इम्प्लान्ट गर्न उनलाई आमाको अनुमतिसमेत मिलेको थियो। पछि आफ्नो स्तन प्राकृतिक रूपमै बढेपछि उनले बेकार इम्प्लान्ट गरिएछ भनेर दुखेसो पोखेकी थिइन्।

प्रकाशित: १८ पुस २०७१ ११:२९ शुक्रबार