अन्य

ल्होछारमा 'जुनी–जुनी'

गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म 'जुनी–जुनी' पुस २६ गते पोखरामा प्रदर्शन हुने भएको छ। पोखरा नजिकैको रोयल ट्रेकको जीवनशैली, गुरुङ संस्कृति, संस्कार र प्रेम कथा बुनिएको फिल्म 'जुनी–जुनी' गुरुङ समुदायको ल्होछारकै अवसरमा कल्पना सिनेमा हलमा प्रदर्शन हुने भएको हो। 
फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। माओत्से फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको पटकथा र संवादसमेत माओत्सेले नै लेखेका हुन्। फिल्ममा कुशल गुरुङ, विश्वास गुरुङ, सोविन गुरुङ र पवित्रा गुरुङ आदिले अभिनय गरेका छन्। कास्कीको उत्तरी क्षेत्र, हंसपुर र लेखनाथ नगरपालिकाको तालबेसी र सुन्दरी डाँडामा छायांकन भएको फिल्ममा जसु गुरुङ र धम्पु गुरुङले कोरियोग्राफी गरेका छन्। भेष गुरुङ फिल्मका छायाकार हुन्।

प्रकाशित: १७ पुस २०७१ ११:०२ बिहीबार