लहान— लहान नजिकको बलान खोला किनारबाट भारततर्फ लग्दै गरेको तयारी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ११० किलो गाँजा सहित नहरा रिगौल ३ का २५ वर्षीय पवन कुमार भगतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि ज्ञानेन्द्र फुयालले जानकारी दिए।६ वटा प्लास्टिकको बोरामा प्याक गरिएको तयारी गाँजा बलान खोलाको किनारै किनार भारतको लौकाहातर्फ लगिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाशित: १३ पुस २०७१ ०२:२१ आइतबार