काठमाडौँ–जिरी।
उमेर कति भयो ?
२६ वर्ष।
कति भयो गाडी चलाउन थालेको ?
८ वर्षजति।
भनेपछि १८ वर्षको उमेरमै गुरुजी बनिहाल्नुभो ?
पहिला त सानो गाडी चलाइयो। ठूलो चलाउन थालेको पाँच वर्ष भयो।
अरूले भन्ने गरेजस्तै आलाकाँचै उमेरमा ड्राइभर बनियो ?
आफ्नै सानो गाडीमा हिँड्दाहिँड्दै सिकिहालियो। लाइसेन्स लिएपछि पेशाकै रूपमा चलाइयो। सीप भएपछि के आलाकाँचो नि ?
लाइसेन्स लिन सरकारले तोकेको उमेर हद कस्तो लाग्यो ?
ठीकै भन्नुपर्यो। नियम बनेपछि मान्नैपर्यो। मलाई त लाग्छ, ड्राइभर जिम्मेवार भयो भने उमेरले त्यति फरक पार्दैन।
जिम्मेवार हुनुहुन्छ नि ?
किन नहुनु ? यत्रा यात्रुको ज्यान आफ्नै हातमा हुन्छ। दायाँबायाँ त हुनै भएन नि।
गाडी आफ्नै हो ?
हो।
गुरुजीहरू भन्छन्, अर्कैको गाडी चलाउन आनन्द। हो ?
जिम्मेवारी दुवैमा उस्तै हो। तर, आफ्नो भयो भने पैसाको टेन्सन थपिन्छ।
कति हुन्छ आम्दानी ?
किस्ता तिरिएकै छ। घरखर्च टारिएकै छ।
कति कक्षासम्म पढ्नुभो ?
१२ कक्षा पढ्दापढ्दै होटल थापियो। होटलमा बोर लागेपछि यो लाइनमा लागियो।
पढाइ किन छोड्नुभयो ?
पैसा कमाउने भूत चढेपछि अरू सब बेकार लाग्दो रहेछ।
कमाइयो पैसा ?
कमाउँदैछु। दुःख गर्न पनि जानियो।
सहचालक नभई ड्राइभर बनियो है ?
कन्डक्टरको अनुभव लिन पाइएन।
सहचालक नबनेका ड्राइभरमा दक्षता कम हुन्छ हो ?
दक्षता पूरा छ। तर, कहिलेकाहीँ मर्मतमा समस्या हुन्छ।
पेशामा सन्तुष्ट हुनुहुन्छ ?
पूरै त होइन तर सन्तुष्ट छु।
के छ समस्या ?
ड्राइभरले सबैको कचकच सुन्नुपर्छ। त्यतिबेला चाहिँ यस्तो लाइनमा कुन दिन लागिएछ भन्ने सोच्छु।
सपना के छ ?
केही छैन। अब सपना देख्ने विचारमा छु।
यो लाइनबाट पलायन हुने विचार हो ?
सोचिराछु। यो लाइनमा लङ टर्म भइँदैन जस्तो छ।
टिपटप हुनुहुन्छ। लभ गर्न खोज्ने होलान् नि ?
टिपटप बन्ने सोख हो। तर, यस्तो धुलोमैलोमा गाह्रै छ। अहिलेसम्म कसैले लाएनन् आँखा।
कस्ता गीत सुनिन्छ ?
गाडीमा सबै खाले गीत बजाइन्छ। तर, मलाई त हिपहप र ¥याप बढी मन पर्छ।
पछिल्लो पटक हेरेको फिल्म ?
नयाँ हिन्दी फिल्म सकभर छुटाइन्न। 'ह्याप्पी न्यू इयर' हेरियो। अब 'पिके' हेर्ने सोच छ।
प्रकाशित: १० पुस २०७१ ११:२० बिहीबार