अन्य

बेचिएकी महिलाको उद्धार

कञ्चनपुर- माइती नेपाल महेन्द्रनगरले भारतमा बेचिएकी नेपाली महिलाको उद्धार गरी महेन्द्रनगर ल्याएको छ। माइती इन्डियाको सहयोगमा माइती नेपालले भारतको नोयडाबाट ती महिलाको उद्धार गरेको हो। भारतको हिमाञ्चल प्रान्तमा कामका लागि गएका श्रीमानसँग भेट गराई दिने भन्दै चिनजान भएकै व्यक्तिले महिलालाई भारतको नोयडा पुर्याोएर बेचेको माइती नेपाल महेन्द्रनगरकी संयोजक महेश्वरी भट्टले बताए।महिला हिमाञ्चल नपुगेको भन्दै उनका आफन्तले माइती नेपाललाई गुहारे पछि खोजतलास गरिएको थियो। उद्धार गरेर ल्याएकी महिला माइती नेपाल महेन्द्रनगरको संरक्षणमा रहेकी छिन्। रासस

प्रकाशित: ७ पुस २०७१ ००:२९ सोमबार