स्कटल्यान्डकी एक ३८ वर्षीया महिला केही स्वास्थ्य समस्याको निदानका लागि अस्पताल गइन्। डाक्टरलाई भनिन्, 'मलाई काम छुट्छ, शरीरको वजन ह्वात्तै घटेको छ। पिसाब एकछिन पनि थाम्न सक्दिनँ।'
उपचारका लागि डाक्टरहरूले उनको शरीरको समग्र जाँच गरे। त्यसक्रममा उनीहरूले ती युवतीको योनीमा एउटा सेक्स टोय अड्किएर बसेको पाए।
अझ खोजी गर्दा थाहा भयो, सेक्स टोय उनको योनीमा अड्किएर बसेको १० वर्ष पूरा भइसकेको रहेछ। शल्यक्रिया गरेर सेक्स टोय उनको योनीबाट झिकिएको छ।
यो अनौठो घटनाको विस्तृत जानकारी जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित भएको छ। जर्नलमा प्रकाशित प्रतिवेदन उद्धृत गर्दै तयार पारिएको समाचारमा भनिएको छ, 'योनीमा सेक्स टोय रहेको पत्ता लाग्दा बिरामी जतिबेला जेसुकै हुने अवस्थामा पुगिसकेकी थिइन्। टोयले मुत्रथैलीलाई थुनेर राखेको थियो र यसले किड्नीमा नराम्रो असर पुर्याइसकेको थियो। योनीभित्र टोय छ भन्ने पत्ता नलागेको भए, जतिबेला पनि अप्रिय घटना घट्न सक्थ्यो।'
डाक्टरहरूसँग ती महिलाले मातेको सुरमा सेक्स टोयमार्फत मैथुन गर्दा टोय योनीभित्रै छुटेको बताइन्। 'त्यस्तै १० वर्षअगाडि म पाँच इन्च लामो सेक्स टोयमार्फत आनन्द लिने गर्थें। एकदिन मातेको बेलामा टोय भित्रै छुटेको रहेछ। मलाई मेरो योनीमा केही चिज पसेको छ भन्ने महसुससम्म भएको थिएन। अहिले आएर डाक्टरहरूले यस्तो बताउँदा पो झसंग भएँ।'
प्रकाशित: ४ पुस २०७१ ०७:४६ शुक्रबार