अन्य

थोत्रा गाडीको संकलन

फ्रान्सका एक व्यापारीले ५० वर्ष लगाएर थोत्रा गाडीको ठूलो संकलन तयार गरेका छन्। यस अवधिमा उनले ६० वटा पुराना कार जम्मा गरिसकेका छन्।
आफ्नो फार्महाउसमा उनले सबै कार 'स्टोर' गरेका छन्। संकलनमा रहेका अधिकांश कार काम नलाग्ने भएका छन्। कबाडीमा बेच्न लायक कारहरूको बिक्रीबाट करिब एक अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
कार संकलनकर्ता रोजर बैलोनका नातिले भने, 'पश्चिमी फ्रान्समा हाम्रो फार्महाउस छ, जहाँ सबै पुराना कार राखिएका छन्। यहाँ रहेका कार सन् १९३० देखि १९५० को बीचमा बनेका पुराना मोडलका छन्। त्यसै थन्काएर राख्दा कारहरू काम नलाग्ने भइसकेका छन्।' आगामी वर्षको आरम्भतिर कारहरू लिलाम गर्ने तयारीमा आफूहरू रहेको उनले जानकारी दिए।

प्रकाशित: ४ पुस २०७१ ०७:४० शुक्रबार