लामो समय फिल्म सम्पादकका रूपमा क्षमता देखाएका सुरेन्द्र पौडेल निर्देशित फिल्म 'आभाष'को फस्ट लुक रिलिज भएको छ। रिलिज पोस्टरले त्रिकोणात्म प्रेम कथा र रोमान्टिक जीवनशैलीलाई सम्बोधन गरेको छ।
पुस २५ गते रिलिज हुने तरखरमा रहेको फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी र निशा अधिकारीले अभिनय गरेका छन्। संयमको आश्मा र निशासँग दोहोरो सम्बन्ध रहेको पोस्टरले जनाएको छ। प्रेम सम्बन्धको बहुआयामिक पक्षलाई फिल्ममा समेटिएको निर्देशक सुरेन्द्र पौडेलले बताए।
प्रकाशित: ४ पुस २०७१ ०७:२८ शुक्रबार