नेपाली फिल्म क्षेत्रमा विशेषगरी महिला कलाकारको भविष्य सुनिश्चित छैन। त्यसैले दर्जनौँ फिल्ममा अभिनय गरिसके पनि सुन्दर भविष्यका लागि उनीहरू सदा 'सेफ साइड' खोजिरहेका हुन्छन्।
अघिल्लो वर्षसम्म सबैभन्दा व्यस्त अभिनेत्री सुमिनाले भविष्यका लागि सेफ साइड खोजेकी छिन्। उनले फिल्म क्षेत्रबाटै अलग्गिएको बताएकी छिन्। केही समयअघि गरेको फिल्म 'माला'को डबिङ 'फिल्मका लागि अन्तिम काम' भनेको एक फिल्मकर्मीले बताए। यसलाई फिल्म 'माला'का निर्देशक शिशिर रानाले पुष्टि गरेका छन्। उनले उक्त डबिङका समयमा आफ्नो अन्तिम काम भएकाले प्रचारमा हिँड्न नसक्ने भनेको बताए। केही समयदेखि उनले नियमित सम्पर्क रहने मोबाइल नम्बर समेत प्रयोगविहीन बनाएकी छिन्। उनी घरजमको तयारीमा रहेको उनी निकट एक फिल्मकर्मीले बताएका छन्।
प्रकाशित: ३ पुस २०७१ १२:१४ बिहीबार