अन्य

हेनरी स्काई स्पोर्टसमा आबद्ध

फ्रान्सेली पूर्वस्ट्राइकर थिएरी हेनरीले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने भएका छन्। फुटबल कार्यक्रम सञ्चालन र कमेन्ट्रीका लागि उनी बेलायती टेलिभिजन च्यानल स्काई स्पोर्टसमा आबद्ध भएका छन्। उनले वार्षिक ४० लाख पाउन्डमा छ वर्षसम्म स्काई स्पोर्टसमा फुटबल पण्डितका रूपमा काम गर्न सहमति जनाएका छन्।

झन्डै २० वर्ष फुटबल मैदानमा बिताएका उनले लन्डनले नै आफूलाई विश्वमाझ चिनाएको भन्दै अब लन्डनमै बसेर स्काई स्पोर्टसमा काम गर्न पाउँदा खुशी लागेको बताए। खेलमार्फत आफू सधैँ समर्थकसँग जोडिन चाहेको भन्दै यो मौका दिएकोमा उनले स्काई स्पोर्टसलाई धन्यवाद पनि भनेका छन्।
हेनरीले सन् १९९९ देखि २००७ सम्म र २०११ देखि २०१२ सम्म आर्सनलबाट व्यावसायिक फुटबल खेलेका थिए। २००७ मा आर्सलन छाडेर स्पेनिस क्लव बार्सिलोना गए पनि पछि न्युयोर्क रेडबुलबाट लोनमा फेरि लन्डन फर्केका उनले आर्सनलका लागि ३ सय ७६ खेलमा २ सय २८ गोल गरेका थिए।
उनले युभेन्टस, मोनाको र न्युयोर्क रेडबुलबाट पनि व्यावसायिक फुटबल खेलेका उनले लन्डनबाट जीवनमा धेरै थोक पाएकाले आफूले यो ठाउँलाई माया गर्ने बताए। फ्रान्सको राष्ट्रिय टोलीबाट उनले १ सय २३ खेलमा ५१ गोल गरेका छन्।

प्रकाशित: ३ पुस २०७१ १०:५६ बिहीबार