अन्य

महको बट्टामा १५ किलो चरेस

काठमाडौं–महको बट्टामा चरेस हालेर कार्गो मार्फत जापान पठाउने प्रयास गर्ने ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले झापा जलथल–८ का केशर लिम्वु भन्ने धन वहादुर फागो लिम्वु, चितवन भरतपुरका तिर्थ नाथ सापकोटा र लमजुङ कोल्कीका मन वहादुर गुरुङ्गलाई पक्राउ गरेको हो।


ठमेलमा रहेको ब्लु स्टार कार्गो मार्फत उनीहरुले जापानमा मह पठाउने प्रयास गरेका थिए। महको परिमाणबारे शंका लागी कार्गोले व्युरोलाई खवर गरेपछि महको बट्टा खोलेर हेर्दा बट्टाभित्र लुकाउने स्थान बनाएर चरेस राखेको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।
प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको मनबहादुरको काठमाडौंको टोखामा रहेको डेरामा छापा मार्दा महको बट्टामा राखिएको अवस्थामा थप ७ किलो चरेस फेला परेको थियो। पक्राउ परेका सबैलाई ब्युरोले लागुऔषध कारोवारको अभियोगमा हिरासतमा राखेको छ।

प्रकाशित: २८ मंसिर २०७१ ०६:५६ आइतबार