सोलुखुम्बु—चार वर्षीया बालिका बलात्कार गर्ने सल्यान–४ सोलुखुम्बुका नवीन जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। गत असोज २२ गते जङ्गलमा गाई चराउन गएको बेला एक्लै भएको मौका पारी बालिकालाई बलात्कार गर्ने जोशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानपछि मङ्गलबार जिल्ला अदालतमा पेस गरेको हो।अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न दिएको आदेशअनुसार जेल चलान गरिएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
यसैबीच खुम्जुङ–८ की एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गुदेल–८ निवासी निरकुमार राईलाई पनि मङ्गलबार नै जिल्ला अदालत सोलुखुम्बुले पुर्पक्षका लागि जेल चलान गरेको छ । रासस
प्रकाशित: १८ कार्तिक २०७१ २२:५० मंगलबार