अन्य

'डन हूँ' भन्दै धम्क्याउने पक्राउ

काठमाडौं– 'डन हुँ' भन्दै फोन गरेर धम्क्याउँदै रकम मागेको आरोपमा आशिष पाण्डे पक्राउ परेका छन्। आफूलाई धापासी क्षेत्रको डन बताउँदै धम्याएर रकम मागेको आरोपमा उनी पक्राउ परेका हुन्।धापासी श्रीटोलका कक्षा १२ का विद्यार्थी उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो। महाशाखाका अनुसार उनले धम्क्याउन मोबाइल न.९८४३२४७६७७ प्रयोग गरेका थिए।

फोनमार्फत पैसा नदिए जे पनि गर्न सक्ने भन्दै धम्क्याउने गरेको सूचनाका आधारमा उनलाई पक्रिएको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: १८ कार्तिक २०७१ ०८:०५ मंगलबार