घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा डाका समूहमध्येका सिराहा जिल्ला सिसवनी–१ बस्ने २५ बर्षीय गुलाव अन्सारी र २४ बर्षीय मोहीम अन्सारीलाई पक्राउ गरेको छ।
निजहरुलाई नियन्त्रमा लिने क्रममा स्थानीय बासिन्दाले कुटपिट गर्दा उनीहरु सामान्य घाइते भएका छन्। फरार अन्यको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ कार्तिक २०७१ ०४:५६ शुक्रबार