अन्य

५९ वर्षीया श्रीमतीको हत्या

पाँचथर—पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन्।आपसी विवादका क्रममा अभियुक्त अन्दाजी ५६ वर्षका मदनबहादुर राईले ५९ वर्षीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेका हुन्। शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। राई फरार रहेकाले खोजी गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ६ कार्तिक २०७१ ००:०७ बिहीबार