अन्य

दिनेश लाइनमा आइसकेका थिए: खुश्बु ओली

दिनेश अधिकारीसँग तपाईंको चिनजान कसरी भयो?
डेढ वर्षजति भयो। म विशालनगरमा एनजीओ चलाउँछु। त्यहाँ गरिब परिवारका बालबालिका पालिन्छन्। उहाँसँग त्यहीँ भेट भएको हो। ठमेलको एउटा बच्चा राख्ने बेलामा बढी घनिष्ठ भयौँ। उहाँमा पनि समाजसेवा गर्ने इच्छा थियो। उहाँले मेरो संस्थालाई सहयोग गर्नुभयो।
दिनेश र तपाईंको सम्बन्धलाई कसरी बुझ्ने?
हाम्रो नितान्त पारिवारिक सम्बन्ध हो। लामो समय लभ अफेयर पनि होइन। चिनजान भो। मलाई पनि उहाँ राम्रो लाग्यो, मेरो ड्याडीलाई पनि उहाँ राम्रो लाग्यो। मलाई पनि उहाँको स्वभाव मन पर्‍यो। त्यसपछि हाम्रो निकटता बढेको हो।
 
तपाईंहरूको इन्गेजमेन्ट भएको पनि थियो रे नि?
भएको थिएन। यो दशैँमा हुनेवाला थियो।
 
अर्पण र तपाईंको सम्बन्ध?
अर्पण र म पनि साथी हौँ। छ/सात वर्षसम्म हाम्रो मित्रता रह्यो। उनलाई मैले नै ड्रग्सबाट बाहिर निकालेको हो। पछिल्लो दुई वर्षमा उहाँ फेरि बिग्रिनुभयो। मैले उहाँलाई रिह्याबमा लगेँ। निस्कनुभयो। अनि, मैले अब तपाईसँगको फ्रेन्डसिप मेन्टेन गर्न सक्दिनँ' भनेँ। त्यसपछि हाम्रो सम्बन्ध टुटेको हो। यहाँ कस्तो भयो भने खुश्वुले दिनेशसँग सम्बन्ध राखेर मलाई तोडेको हो भन्ने आयो। त्यो साँचो होइन। दिनेशसँगको सम्बन्ध भनेको त मेरो डेढ वर्ष भयो। अर्पणसँग तोडिएको दुई वर्ष हुन थाल्यो। कुमुद र अर्पणको इगो नै त्यही हो। खुश्वुले मेरो प्रपोजल एक्सेप्ट गरिन' भन्ने कुमुदको इगो, अनि मेरो यत्रो फ्रेन्डसिप नदेख्ने' भन्ने अर्पणको इगो।
 
 
अर्पण र तपाईं लिभिङ टुगेदरमै रहेको भन्ने छ त?
लिभिङ टुगेदर होइन। ऊ आफ्नो घरमा बस्नै सक्दैन। मेरो घर आएर छ वर्ष बस्यो। यसलाई कसरी लिभिङ रिलेसन भन्ने? यो त फेमिली रिलेसन हो। ऊ त हाम्रो घरको छोराजस्तो मान्छे। तर, उसले त्यही घरलाई लात हानेर हिँड्यो।
 
तपाईंसँगको सम्बन्धपछि अर्पण करोडपतिबाट रोडपति भए भन्ने सुनिन्छ नि?
त्यस्तो होइन। त्यसको त म प्रमाण नै दिन्छु। मैले लन्डनमा बिगारेँ भनेर भन्ने हो भने त उसको आमाबुवालाई नै सोध्न सक्नुहुन्छ। कोही मान्छे क्यासिनो जान्छ, बियर बार जान्छ, त्यहाँको केटी लिएर हिँड्छ, फर्पिङ गएर त्यहाँको केटीलाई मिस युज गर्न खोज्दा उसको प्रहरीमा केस पनि छ। एैयासी गरे पछि सम्पत्ति त एक दिनमा सकिन्छ। एउटा मान्छेको पैसा लगेको थियो अर्पणले। नदिएपछि उसले घर लिइदियो त के गर्ने? खाए पछि तिर्नु त पर्‍यो नि।
 
अपराधमा संलग्न मान्छेसँग तपाईंको रिलेसन थियो?
कुनै पनि मान्छे सधैँ एउटै हुँदैन। विश्वका टप टेन मान्छेहरू हेर्नुस्, उनीहरू पहिले क्रिमिनल थिए। तर, आज उनीहरू सबैभन्दा राम्रा मान्छे भएका छन्। दिनेश क्राइमबाट निस्किसकेर आफ्नो लाइनमा आइसकेको थियो। अब इतिहास हेर्ने हो भने त बाल्मीकि पनि रत्नाकर डाँकु थिए। उनलाई सधैँ रत्नाकर भन्ने त? मान्छेलाई चेन्ज हुन दिनु परेन त?
 
 
दिनेश अधिकारीमा भएको अपराधिक चरित्र तपाईंमा पनि सरेको थियो रे नि!
यो अत्यन्तै गलत। मैले पनि यस्तो आरोप लागेको सुनेँ। यो त सीधै अर्पण कोइरालाको बोली जस्तो लाग्यो। म त्यस्तो गर्ने भए छ वर्ष भयो आफ्नो खर्चमा यति काम गरेको छु। मलाई कसैको पैसा नै चाहिँदैन। मलाई मेरो बुवाको पैसाले पुग्छ।
 
अन्तर्वार्ताको भिडियो हेर्नुहोस् –

प्रकाशित: ३१ श्रावण २०७१ ०९:०९ शनिबार