अन्य

कीर्ते गरी दोस्रो राहदानी लिन खोज्ने पक्राउ

काठमाडौं— पहिला राहदानी लिएको छापमेट्न नागरिकताको पछाडि टिकट टाँसी दोस्रो राहदानी लिन खोज्ने महानगरपालिका–१५ किमडोल बस्ने ४२ बर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ। राहदानी लिइसकेका उनले नयाँ राहदानी लिन पहिला राहदानी नलिएको भनी २०५१ सालमा परराष्ट्र मन्त्रालयमा झुठो विवरण पेश गरेका थिए।

 

लामालाई तत्काल पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दा २०५१ चलाइएको थियो। २०५५ माघ २० गते काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनी फरार रहँदै आएका थिए। साउन १ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलिले उनलाई स्वम्भुबाट पक्राउ गरेको हो।

प्रकाशित: २ श्रावण २०७१ ०४:४९ शुक्रबार