काठमाडौं— पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत बिहार मोतिहारी घर भइ हाल ललितपुर थसिखेल बस्ने ५४ बर्षीय अशोककुमार पाण्डेलाई कटुवा पेस्तोल १ थानसहित प्रहरीले पक्राउ गरेको हो।हिजो साँझ थसिखेल–५ बाट महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा पाण्डेको साथबाट हतियार फेला परेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ असार २०७१ ०४:३९ शुक्रबार