यस्तै, सुस्त मनोस्थिति भएकी १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा बोपुङ–२ का ६० वर्षीय पदमबहादुुर सार्की र ७ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा याम्खा–६ का ५५ वर्षीय हर्कबहादुर विश्वकर्मा जेल चलान भएका छन् । जिल्ला अदालत खोटाङको आदेशमा सार्की र बिश्वकर्मालाई पुर्पक्षकालागि जिल्ला कारागार शाखा दिक्तेल पठाइएको प्रहरीले जनाएको छ ।
प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पदमबहादुरलाई जिल्ला अदालतले बिहिबार पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो । बालिकालाई गत वैशाख ३० गते बलात्कार गरेको भन्दै पिडितले ईलाका प्रहरी कार्यालय चिसापानीमा दिएको उजुरीको आधारमा पदमबहादुरलाई जेठ ६ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाइएको थियो । वालिकाले अभिभाबकलाई पटक–पटक बलात्कृत हुँदैआएको बताएपछि घटनाको विषयमा खुलासा भएको थियो । पिडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा जेठ ७ गते स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।
यस्तै, घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको आरोपमा गत बैसाख २९ गते पक्राउ परेका हर्कबहादुरलाई अदालतले मंगलबार कारागार चलान गर्ने आदेश दिएको हो । घरमा खेल्दै गरेकी बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोपमा पिडितले सोही दिन बिश्वकर्मा बिरुद्ध प्रहरी चौकी याम्खामा उजुरी दिएका थिए ।
प्रकाशित: ४ असार २०७१ ०४:२६ बुधबार