अन्य

झुठो विवरण पेस गरी नागरिकता बनाउने भारतीय नागरिक पक्राउ

वीरगन्ज- झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर खाँलाई प्रहरीले गएराति पक्राउ गरेको हो।

वीरगन्ज–३ छपकैया बस्ने फरिद मिस्त्री भन्ने फरिद शेषको छोरा बनी झुठा विवरण पेस गरेर २०३३ सालमा नागरिकता लिएको र नागरिकता मुद्दामा फरार रहेका मन्सुर खाँ भन्ने मन्सुर शेषलाई विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगन्ज उपमहानगरपालिको वडा नम्बर ३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
पक्राउ परेका खाँमाथि नागरिकता ऐनअन्तर्गतको कसुर मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए। 

प्रकाशित: ३ असार २०७१ ०२:३९ मंगलबार