अन्य

सारापोभालाई फ्रेन्च ओपन

पेरिस– रुसी स्टार मारिया सारापोभाले दोस्रोपल्ट फ्रेन्च ओपन टेनिसको ट्रफी उचालेकी छन्। उनले शनिबार रोलान्ड गारोसमा सम्पन्न फाइनलमा चौथो वरियताप्राप्त रोमानियाकी सिमोन हालेपलाई ६–४, ६–७ (५/७), ६–४ ले हराइन्। २७ वर्षीया सारापोभाले तीन वर्षअघि पेरिसमा उपाधि जितेकी थिइन्। १० वर्षभित्र उनको यो पाँचौं ग्रान्ड स्लाम उपाधि हो। चारैवटै ग्रान्ड स्लाम (फ्रेन्च, अस्ट्रेलियन, विम्बल्डन र युएस) जितेकी सारापोभाले पहिलोपल्ट २००४ मा विम्बल्डन जितेकी थिइन्।

प्रकाशित: २४ जेष्ठ २०७१ २१:२२ शनिबार