अन्य

करातेको प्रारम्भिक छनोट

काठमाडौं– नेपाल कराते महासंघले राष्ट्रिय कराते टोलीका लागि चितवनमा प्रारम्भिक चरणको छनोट सम्पन्न गरेको छ। शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट पुरुष ५० केजीमा एपिएफका विजय लामा, ५५ केजीमा एपिएफका सुनील लामा, ६० केजीमा मध्यमाञ्चलका विनोद महर्जन, ६७ केजीमा एपिएफका मुकुन्द महर्जन, ७५ केजीमा नेपाल पुलिसका दिवस श्रेष्ठ, ८४ केजीमुनि त्रिभुवन आर्मीका लेखनाथ मैनाली र ८४ केजी माथि एडिएफका डिगम्बरप्रसाद पन्त विजेता हुँदै राष्ट्रिय टिमलाई छनोट भए।

महिला ४५ केजीमा प्रहरीकी अर्मिला डिसी, ५० केजीमा एपिएफकी अनु अधिकारी, ५५ केजीमा प्रहरीकी मल्लिका थापा, ६१ केजीमा आर्मीकी सनी तामाङ, ६८ केजीमुनि आर्मीकी विभूषा थापा तथा ६८ केजी माथि एपिएफकी गंगादेवी अधिकारी विजेता भए। 

१७औं एसियाली खेलकुदका लागि खेलाडी छनोटमा समेत प्रतियोगितामा शुक्रबार पुरुष/महिला एकल र टिम कातामा खेलाडी छनोट भइसकेका छन्। राष्ट्रिय टोलीबाट ४–४ महिला र पुरुष खेलाडी एसियाडलाई छानिने राष्ट्रिय कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन्।

प्रकाशित: २४ जेष्ठ २०७१ २०:४७ शनिबार