अन्य

नक्कली प्रहरी बनेर सवारी जाँच गर्ने पक्राउ

जनकपुर-जनकपुर –१२ स्थित रामपुरबाट दुई जना नक्कली प्रहरी पक्राउ परेका छन्। आफु प्रहरी जवान भएको भन्दै बाटोमा हिँड्ने मोटरसाइकल चालकको कागजात चेक गर्ने नाउँमा पैसा उठाइरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।


प्रहरीले जनकपुर –९ का चन्दनकुमार झा र जनकपुर –सुमितकुमार झालाई पक्राउ गरेको हो। जनकपुर–बहुअर्वा सडक खण्डमा आफु प्रहरी भएको भन्दै पैसा असुलिरहेको गुनासो जिल्ला प्रहरी कार्यालयमा आएपछि उनीहरु पक्राउ परेका हुन्। उनीहरु विरुद्ध प्रहरीको प्रतिवेदनबाट सार्वजनिक अपराधको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्चार्ज इन्स्पेक्टर हरिनन्दन चौधरीले बताए।

प्रकाशित: २४ जेष्ठ २०७१ ०५:१३ शनिबार