अर्की कलाकार एरिना ताम्राकारले ढुंगाहरुमा खोपिएका कलाबाट प्रभावित भएको बताइन्। ‘नेपालको सबै भागमा विभिन्न खालका कला भेटिन्छन्। मुस्ताङमा भने ढुंगामा उतारिएका उत्कृष्ट कलाका नमुना देख्न पाइयो,' उनले भनिन्।
मनाङ युथ सोसाइटीको आयोजनामा गत जेठ १० देखि १८ सम्म कार्यशाला चलेको थियो। ‘व्यावसायिक कलाकारहरुलाई स्थानीय कलामाथि कार्यशाला दिँदा नयाँ शैली सुरु हुने सम्भावना छ,' आयोजक त्रिपल गुरुङले भने। कार्यक्रमको यो तेस्रो संस्करण हो। ‘कलाकारहरुलाई प्लेटर्फम पनि हुने र कलाको माध्यमले आन्तरिक पर्यटक प्रवर्द्धन पनि हुने देखेर यस्तो कार्यक्रम गरेका हौं,' उनले भने।
कलाकारहरुले कार्यशालामा तयार चित्रकलालाई राजधानीमा प्रदर्शन गर्ने तयारी भइरहेको उनले जानकारी गराए। सात कलाकारले कार्यशालामा हिमाल, ढुंगा, बस्ती, परम्परागत पहिरन, ऐतिहासिक दरबार लगायतको चित्र कोरेका छन्। उनीहरुले तयार गरेको चित्रकला हाल जोमसोममा प्रदर्शन भइरहेको छ।
प्रकाशित: २१ जेष्ठ २०७१ २२:४० बुधबार