अन्य

कलाकार डेमीकी छोरीको ‘स्टग्राम’ नीतिविरुद्ध टपलेस फोटो सार्वजनिक

अमेरिकन चर्चित कलाकार डेमी मोरेकी छोरी स्काउट उलिसले ट्विटरमार्फत आफ्ना टपलेस फोटो सार्वजनिक गरेकी छन्। २२ वर्षीया स्काउटले आफ्ना ट‍्विटर फलोअरलाई अचम्मित बनाउँदै न्यूवर्क सिटीमा घुम्दै गरेको फोटोहरु मंगलबार ट्विट गरेकी हुन्। उनले गोपनियता सम्बन्धी ‘स्टाग्राम’ नीतिप्रति असन्तुष्टी पोख्दै यस्तो टपलेस फोटो ट्विटरमा राखेको बताएकी छन्।गत हप्ता सार्वजनिक गरेको फोटोका कारण आफ्नो पोष्ट डिलेट भएपछि ट्विटरमार्फत टपलेस फोटो सार्वजनिक गरेको उनले जनाएकी छन्। उनले स्टाग्राम नीति पालना नगर्ने र अन्य महिलाले पनि यो नरुचाएको जिकिर समेत गरेकी छन्। २१ ‌औं शताब्दीमा पनि महिलाले चहेको फोटो सार्वजनिक गर्न नपाउनु गलत भएको उनको भनाइ छ।

प्रकाशित: २० जेष्ठ २०७१ ०४:२८ मंगलबार