नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले खेलमा सफलता हासिल गर्न प्रायोजकको सहयोग महŒवपूर्ण हुने बताए। उनले भने, ‘बक्सिङलाई सहयोग गर्ने दुवै प्रायोजकलाई धन्यवाद छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नजिता निकाल्न यस्ता प्रायोजनले सहयोग गर्छ। खेलाडीले राम्रो नतिजा निकाले संघले प्रायोजकलाई पनि सम्मान गर्न पछि पर्नु हँुदैन।'
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव चूडामणि पौडेल र बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले इन्चोनमा नेपाली बक्सिङले राम्रो नजिता निकाल्ने विश्वास व्यक्त गरे।
बक्सिङको राष्ट्रिय टोली करिब डेढ वर्षदेखि बन्द प्रशिक्षणमा छ। टोलीमा चीनको ग्वान्झाउ एसियाडमा नेपालकै लागि एकमात्र पदक जितेका दीपक महर्जनसहित उजरसिंह थापा, रत्नबहादुर तामाङ, दीपक श्रेष्ठ, पूर्णबहादुर लामा, दिनेश श्रेष्ठ, लक्ष्मण तामाङ, विक्रम परियार, मीनु गुरुङ, अनुराधा लामा र सरस्वती राना छन्। दीपक एसियाडका कांस्य पदकधारी हुन्। ओम मास्के, प्रचण्ड शर्मा, हरिशबहादुर चन्द र राज श्रेष्ठले राष्ट्रिय टिमलाई प्रशिक्षित गरिरहेका छन्।
इन्चोन एसियाली खेलकुदका लागि बक्सिङ संघले जेठ १८ देखि २० सम्म काठमाडौंको लैनचौरमा छनोट प्रतियोगिता गर्दैछ। पुरुषतर्फ ८ र महिलातर्फ २ तौल समूहमा प्रतिस्पर्धा हुने मुख्य प्रशिक्षक ओम मास्केले बताए।
प्रकाशित: १६ जेष्ठ २०७१ २१:१७ शुक्रबार