अन्य

जाडोमा राति एक गिलास दूधमा बेसार मिलाएर पिउँदा हुने ६ चमत्कार लाभ

जाडो सुरु हुनासाथ चिसोले शरीर कटकटी खान थाल्छ। रुघा-खोकीले सताउन थाल्छ र निद्रा पनि राम्रो लाग्दैन। जाडोमा हाम्रो रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन्छ। सोही कारण पनि जाडो महिनामा हामीले आफ्नो स्वास्थ्यको अलि बढी हेरचाह गर्नुपर्छ। चिसोबाट जोगिन घरेलु उपाय नै प्रभावकारी मानिन्छ।

तमाम घरेलु उपायमध्ये एक बेसार दूध पनि हो। आयुर्वेदले यसलाई प्राकृतिक एन्टिबायोटिकको रूपमा वर्णन गर्दछ। शरीरलाई तातो राख्नका लागि दूधमा बेसार उमालेर खानु फाइदाजनक साबित हुने गर्दछ। दैनिक बेसार दूध खानुको फाइदा विभिन्न रहेको छ।

शरीरलाई न्यानो पार्छ  
बेसार दूधले शरीरलाई प्राकृतिक न्यानोपन प्रदान गर्दछ, विशेषगरी चिसो ज्यान हुनेहरूका लागि रामवाण उपाय मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ  
जाडो मौसममा चिसो, फ्लु, खोकी र भाइरल संक्रमण हुने सामान्य हो। तर बेसार दूधमा रहेको कर्क्युमिनले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्दछ।

दुखाइ कम गर्ने  
जाडोमा प्रायः शरीरको दुखाइ बढ्छ। बेसारको दूधमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले दुखाइ र शरीरको सुन्निने कम गर्न मद्दत गर्छ।

पाचनमा मद्दत गर्दछ  
जाडोमा पेट सम्बन्धी समस्या बढ्ने गर्दछ। पेटमा ग्यास र कब्ज जस्ता समस्या आउँछ। यी समस्याबाट दूध बेसारले पाचन प्रणालीमा राहत पुगाउने काम गर्दछ।

निद्रामा सुधार  
राति बेसार दूध खाएर सुत्नाले शरीरलाई रिल्याक्स गर्दछ र आरामदायक निद्रा दिन्छ।

छाला चमकिलो बनाउन मद्दत  
बेसारमा एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले छालामा चमक ल्याउन मद्दत गर्दछ।

अन्त्यमा माथि उल्लेख गरिएको सुझावसहितको सामग्री सामान्य जानकारीका लागि मात्रै हो। थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्। 

प्रकाशित: ८ मंसिर २०८२ १३:२७ सोमबार