खोटाङ– खोटाङमा ६ वर्षीया बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ परेका छन्। ‘बिस्कुट दिन्छु’ भन्दै फकाएर बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गर्ने याम्खा–६ का ५० वर्षीय हर्कबहादुर विश्वकर्मा पक्राउ परेका हुन्। बलात्कृत बालिकाको आफन्तले दिएको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले बताए।
प्रकाशित: ३१ वैशाख २०७१ २३:५१ बुधबार