अन्य

चरेससहित दुई महिला पक्राउ

दाङ- ३२ किलो चरेससहित दाङमा २ महिला पक्राउ परेका छन्। प्रहरीले घोराही-१ स्थित एक घरमा लुकाएर राखिएको ३२ किलो चरेससहित भिमुकुमारी खड्का र अनिता खड्कालाई पक्राउ गरेको हो।

रुकुम प्वाङ घर भइ हालः घोराही-१ मा बस्दै आएकी भिमुकुमारी र रुकुम चौखावाङ घर भइ हालः तुलसीपुर-५ मा डेरा गरी बस्दै आएकी अनिता बुधबार राति लागुऔषध चरेससहित पक्राउ परेका हुन्। 
अनुसन्धानमा संलग्न प्रहरीले उनीहरु लामो समयदेखि लागुऔषध चरेसको कारोबारमा संलग्न रहेको आशंका गरेको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७१ २३:४८ बुधबार