अन्य

युवाबीच झडप, १ को हत्या, ३ घाइते

रुकुम— दुई युवा समूहबीच विवाद झडपमा परिणत हुँदा एक जनाको हत्या भएको छ। पश्चिम रुकुमको घेत्मा ९ छेपारे गाउँमा झडप भएको हो। झडपमा परी जाजरकोट लहुँ गाविसका २३ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।विवाद ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको आठवीसकोट राडीज्युला बजारमा उपचार भइरहेको छ। उनीहरुको टाउको, हात खुट्टा लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।

विवाद के कारणले शुरु भएको हो भन्ने खुलेको छैन् । घेत्मा ९ का स्थानीय विजय विकले प्रहार गरेको ढुंगा लागेर लक्ष्मणको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक शेरवहादुर चन्दले बताए। मृतकको टाउको चोट लागेको छ। घटनामा संलग्न विजय विक, खडक विक र कूलबहादुर विक फरार रहेका छन्। घटनास्थलमा प्रहरी पुगेको छ । फरार आरोपीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७१ ०२:०६ सोमबार