‘सरस्वती सम्मान सिक्किमका कथाकार तथा समालोचक पेम्बा तामाङलाई प्रदान गरियो। मूर्तिकलामा काठमाडौंका रविन्द्र ज्यापुलाई ‘अरनिको ललितकला सम्मान' र दाङका महेश चौधरीलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान' प्रदान गरियो। ‘गङ्गादेवी चौधरी स्मृति सम्मान' बाहेकका सम्मान ५१ हजार रुपैयाँका हुन्।
चौधरी साहित्यकला मन्दिरको २० औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरिएको हो। सम्मानित व्यक्तित्वलाई गायक प्रेमध्वज प्रधानले नगद, ताम्रपत्र र माल्यार्पण गरेका थिए भने संस्थाका अध्यक्ष तथा सभापति कवि वसन्त चौधरीले सबैलाई दोसल्ला ओढाइदिएका थिए।
विगतमा मन्दिरले पाँच विधामा सम्मान प्रदान गरे पनि यस वर्षदेखि ‘बालकृष्ण सम रङ्ग सम्मान' र ‘अरनिको ललितकला सम्मान' थपेको हो। कार्यक्रममा गायक प्रेमध्वजले गीतकार चौधरीको ‘मेरा कविताहरु' नामक कवितासंग्रहको इ–बुक सार्वजनिक गरे। कार्यक्रममा पेम्बा तामाङले सम्मानितका तर्फबाट मन्तव्य राखेकी थिइन्।
प्रकाशित: २७ वैशाख २०७१ २०:४० शनिबार