चल्छ प्रकृतिको चक्र सदाकै पथ लम्क"दै।।
टेकी वैशाखको टेको वनपाखा रमाइला
चिल्ला प्वा"ख फि"जाएर मग्न छन् सुरमा चरा।।
पहे"लो काइ"यो नीलो ज्याकरन्डा पनि फुले
शिरीष म फुले" राम्ररी रातो र घिउ रंगले।।
म फुलेकी थिए" ढकमक्क, ऊ पनि रंगिएको थियो उसैगरी। वैशाखको बैसाखी टेकेर बगैंचा र वनपाखा बैंसको उन्मादमा नाच्ने रंगीन मुजुरझैं देखिने नै भए, बहुरंगी वसन्तको उत्तरार्द्धमा। वाणिबल हामीमा नभए पनि भ"वरा, मौरी र चराका संगीतमा रम्ने मौका त के छोडिन्थ्यो र! घाम लाग्दा हा"सियो अनि मन्द हावा चल्दा नाचियो पनि। तर कोमलांगी म चर्को घामपछि दर्केको पानीले अहिले घाइते भएकी छु, ऊ पनि केही दिन अलि ओसियो। आकाशमा बादल मडारि"दै गरेको भए पनि घाम फेरि उत्ताउलो हुन लागेको छ। कोइलीले गीत गाउन थालेका छन्, जुरेली नाच्दैछन्। हामीले नफुली हुन्न यो बेला।
के तपाईं हामीलाई चिन्नुहुन्छ?
मेरो घर हिमालको काखदेखि समुद्रको छेउसम्म फैलिएको छ। मान्छेले कोरेको राजनीतिक सीमारेखामा म के बा"धिन्थे" र! तर काठमाडौंको प्रसंग जोड्छु। किनभने त्यहा" मेरो परिचय मिचिएको छ। हजुर, त्यसमा ऊ बलात् जोडिएको छ।
म आफूलाई कसरी चिनाऊ"?
'आइडेन्टिटी थेफ्ट' भयो भनौं भने उसले मेरो नाम चोरेको हैन। ऊ पनि निरीह छ। ज्ञानका कुरा गर्ने मान्छेका अल्पज्ञान र लहैलहैमा नराम्ररी चेपिएको छ। अरूको नामले सम्बोधन गरि"दा ऊ के रमाउ"दो हो र? 'आइडेन्टिटी क्राइसिस' त उसलाई पनि पक्कै हु"दो हो। कि रामायण, महाभारत, कुमारसम्भव आदि संस्कृत वाङ्मयका महान् कृतिमा मेरो उल्लेखले उसलाई लोभ्यायो? महाकवि कालिदासका रूपक र उपमामा रमाएर र चरकसंहितालगायत आयुर्वेदका ग्रन्थले मेरा अनेक अवयवका विभिन्न औषधीय महŒव बताएको थाहा पाएर मेरो नाम हडप्ने विचार पो गर्दैछ कि? पार्वतीको बैंसस"ग दा"जिएको मेरो कौमार्यले उसलाई रनभुल्ल पारिदिएछ त? कि पारिजातको भुलको गुलियो चाट्दै आफ्नो बैजनी आत्मसम्मान लगभग आधा शताब्दी पुरानो मूतको न्यानोमा सेकाउ"दैछ?
सक्ला त ऊ मेरो नामको खोल ओढेर रजाइ" गर्न? अनि के त्यस्तो अन्याय हुन तपाईं दिनुहोला र? तर म विश्वस्त छु उसलाई मेरो नाम खोस्न आवश्यक छैन। किनभने ऊ आफैं सुन्दर छ र आफ्नो अस्तित्व जोगाउन र फैलिन सिपालु पनि।
म युगौंदेखि यही भूखण्ड रंग्याउ"दै यही" फुल्ने शिरीष हु"। तपाईंका भाषामा भन्दा म यही"की वंशज नागरिक। ऊ ज्याकरन्डा हो, भारत हु"दै यता भित्रिएको। उसको मूल थातथलोचाहि" मध्य र दक्षिण अमेरिकातिर रे। ऊ यता अंगीकृत नागरिक बन्न छिरेको सय वर्ष पनि भएको छैन। भारतमा कतैकतै उसलाई नीलमोहर/नीलमोर पनि भन्छन्। गुलमोहरको जस्तै रूख र नील वर्णको फूल भएर हो या फूल मुजुरजस्तो देखिने भएर हो, त्यो त म भन्न सक्दिनँ। काठमाडौंमा फुल्न थालेपछि भ"गेरोजस्तो फूल देखेर नेवारीमा उसको नाम 'चखुङचा स्वा"' राखिदिए।
तर के गर्नू? बौद्धिकहरूको अखडा काठमाडौंले उसलाई म भन्ठानिदियो र मलाई ओझेल पारिदियो। ऊ बैजनी फूल हो। म हल्का रातो अनि पहे"लो रंगमा छुट्टाछुट्टै फुल्छु। आधुनिक वनस्पति शास्त्रका पण्डितले उसको नाम 'ज्याकरन्डा मिमोसिफोलिया' राखिदिए। उसका पात मेरा आफन्तका जस्तै देखिने भएकाले न्वारन गर्दा 'मिमोसिफोलिया' जुरेछ। उसको परिवार 'बिग्नोनिएसी' हो। लेगुमिनेल्स् वर्गअन्तर्गत मिमोसेसी परिवारकी मेरो अघिल्लो नाम 'अल्बिजिया' हो र अहिलेसम्म १ सय ३८ प्रमाणित प्रजाति र धेरै उपजाति छन्। तीमध्ये कम्तीमा ६ प्रजाति नेपालका रैथाने हुन्। नपत्याए देशविदेशमा नाम कमाएका वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठलाई सोधे हुन्छ। लज्जावती त पक्कै चिन्नुहुन्छ होला। ऊ र म एउटै परिवारका! दाल जातिका सबै वनस्पति मेरा नातेदार।
काठमाडौंले अन्याय गरे पनि बाहिर मेरो रंग र जात छुट्ट्याएर मलाई अनेक नामले पुकार्छन्। रातो शिरीष, सेतो शिरीष, कालो शिरीष, पड्के शिरीष आदि। घा"स, दाउरा, काठ, औषधि धेरै काममा मेरो प्रयोग हुन्छ। अझ इलामका बगानमा त म चियाका बोटलाई छहारी पनि दिन्छु।
कालो भने पनि म अल्बिजिया लेबेक् पहे"लो फुल्छु। तराईदेखि महाभारतको उचाइसम्म बस्छु। रातो फुल्ने अल्बिजिया जुलिब्रिसिन् चाहि" पहाडी भागमा रमाउ"छु। हजार मिटरभन्दा तलदेखि ३ हजार मिटरसम्मको उचाइमा। जहा" बसे पनि, रूखको आकार ठूलोसानो जे भए पनि र फूलको रंग फरक भए पनि फुल्ने तरिका उही हो।
डा"ठको टुप्पामा सोलीजस्ता आठ–दसवटा हरिया पुष्पासन हुन्छन्। तिनबाट बाहिर निस्केका रौंजस्ता मसिना र लामा केसरा झुप्पा परेजस्ता देखिन्छन्। तलतल सेतो र माथि घिउ अथवा गुलाबी रंगमा। धेरै नरम हुन्छन्। टिप्नासाथ ती ओइलाइहाल्छन्। प्रत्येक केसराका टुप्पामा खैरोखैरो परागकोष पनि हुन्छ। फलचाहि" पछि कोसा बनेर लाग्छ।
मेरो फूलको कोमलतामा संस्कृतका महाकवि कालिदासले रूपक गरेका छन्। कुमारसम्भवम् महाकाव्यको प्रथम सर्गको ३३ औं श्लोकदेखि ४९ औंसम्म पार्वतीको बैंसको क्या सुन्दर वर्णन छ! मलाई पनि विम्ब बनाइदिएका छन्।
अन्योन्यमुत्पीडयदुत्पलाक्ष्याः स्तनद्वयं पाण्डु तथा प्रवृद्धम्
मध्ये यथा श्याममुखस्य तस्य मृणालसूत्रान्तरमप्यलभ्यम्।। (१.४१)
शरीषपुष्पाधिकसौकुमार्यौ बाहू तदीयाविति मे वितर्कः
पराजितेनापि कृतौ हरस्य यौ कण्ठपाशौ मकरध्वजेन।। (१.४२)
–कुमारसम्भवम्, कालिदास
वितर्क गर्दैछु शिरीषभन्दा छन् पाखुरी कोमल खास दोटा
जलाइ"दा काम खुलेर फेरि छ कण्ठपाशै बनि"दो कि हेरि! (१.४२)
(छायानुवाद– वसन्तकुमार शर्म्मा 'नेपाल')
कमलजस्ता आ"खा भएकी (पार्वती) का काला मुन्टा भएका दुई स्तन एकापसमा रगडिएर यसरी बढेका छन् कि तिनका बीचमा कमलनालको मसिनो त्यान्द्रो पनि अट्दैन। उनका हातपाखुरा शिरीषको फूलभन्दा धेरै कोमल छन्। (शिवस"ग) पराजित भए पनि कामदेवले ती पाखुरालाई शिवको घा"टीको पासो (अ"गालो हाल्ने) बनाइदिएका हुन्।
फेरि पा"चौं सर्गमा पार्वती शिवका लागि तपस्या गर्न बस्दाको प्रसंगमा कालिदास लेख्छन्–
निशम्य चैनां तपसे कृतोद्वमां सुतां गिरीशप्रतिसक्तमानसाम्
उवाच मेना परिरभ्य वÔसा निवारयन्ती महतो मुनिव्रतात्।। (५.३)
मनीषिता : सन्ति गृहेषु देवातास्तप : क्व वत्से क्वच तावकं वपु :
पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुन : पतत्त्रिण : ।। (५.४)
सुनी उमाको शिवमा प्रगाढता पुगिन् अ"गालीकन भन्न मेनका
बिथोल्नलाई महती तपस्या बखान गर्थिन् मनको समस्या।।
घरैघरैमा सुरविज्ञ छन् यहा"। कहा" तपस्या? तन यो कहा" कहा"?
रहन्छ भौंरे पद थेग्न सÔम, शिरीष के सक्छ चरै अडाउन?
(अनुवाद– वसन्तकुमार शर्म्मा 'नेपाल')
'हाम्रै घरआ"गनमा तिम्रा लायक धेरै देवता छन्। ए छोरी, तिम्रो शरीरले यस्तो तपस्या सह"दैन, जसरी भव"राको पाइलामात्र सहन सक्ने शिरीषले चरो थेग्न सक्दैन।'
अ"! २०२२ सालमा पारिजातको उपन्यास 'शिरीषको फूल' को भूमिका लेख्दा शंकर लामिछानेले अशुद्धि र गलत अर्थ गरेर भए पनि यो प्रसंग जोडेका छन्। अझ कालिदासको युग १२००–१३०० वर्ष पछाडि तान्दिएरै। आफूलाई 'शिरीषको फूल नै नचिनेको मान्छे' भनेर स्वीकार्ने उनका आ"खामा उपन्यास पढुन्जेल 'जराकाण्ड' आएछ। तर उनी लेख्छन्, 'यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे!'
उनका कुराले मलाई अझ झुक्याउ"दै छ, अनि उपन्यासभित्रको फूलको नामले तपाईंलाई! मेरा फूलले भ"वरा मौरीलाई आकर्षित गर्छन्। सतर्क भएर खुट्टाले केसरा विस्तारै सार्दै उनीहरू मेरो रसपान गर्छन्।
काठमाडौंका रैथाने शंकरले त्यो नीलो फूलको बोट त्यति बेलासम्म नचिनेको हुनु र बाहिरबाट आएकी पारिजातले उपन्यासमा वर्णन गर्न सक्नु कसरी होला भन्ने तपाईंलाई लाग्दैन? बु‰नु भयो हैन त? उपन्यास लेखि"दासम्म काठमाडौंमा ज्याकरन्डा हिजोआजको जस्तो सबैतिर थिएन। फूलका सोखिन केही राणा भाइभारदारका बगैंचामा मात्रै सीमित थियो। जान्नेहरू भन्छन्, बेलायतकी महारानी एलिजाबेथ नेपाल आउ"दा राजधानीका बाटा राम्रा बनाइएका थिए रे। बाटो किनारमा छिटो बढ्ने नया" बोटबिरुवा लगाइएछन्। ज्याकरन्डा पनि छानिएछ। त्यतिबेला लगाएका बोट पछि फुल्नु र फैलिनु स्वाभाविकै हो। मेरा र उसका पात उस्तैउस्तै देखिने हु"दा मान्छेहरू म भनेर झुक्किएका पनि हुन सक्छन्। पछि 'सुनी जान्ने'हरूले ऊ फुल्न थालेपछि त्यही नाम दोहोर्याउने नै भए। पारिजातले जे लेखिन् त्यो 'पढी जान्ने'हरूमा गलत ज्ञान फैलिने नै भयो।
ईश्वर बरालले त्यतिबेलै पारिजातको उपन्यासको नाम नमिलेको कुरा उठाएका थिए। आफ्नै सम्पादकत्वमा निस्किने एउटा साहित्यिक पत्रिकामा शीर्षक सार्थक भएन भनेर लेखेका पनि थिए। तर काठमाडौंले सुन्दै सुनेन।
प्रत्येक वसन्तमा म फुलेको ऊ हेर्छ, ऊ फुलेको म हेर्छु। ऊ धेरैतिर छ। काठमाडौंले देख्छ अनि गल्ती दोहोर्याउन छुटाउ"दैन। पत्रिकाका पानामा उसका तस्बिर छापिन्छन्, उसको प्रशस्तिमा मेरो नाम जोडेर। हामी दुवै अक्मकिन्छौं। कहिले हा"स्छौं, कहिले दुःखी हुन्छौं।
के यो गल्तीलाई यही" विराम लाउन सकि"दैन? तपाईंले मेरो गुणगान गर्दिनु पर्दैन। खालि सा"चो कुरा जानिदिए पुग्छ। म शिरीष हु", ऊ ज्याकरन्डा हो। हामी एकै हैनौं।
प्यारा पाठक लौ बुझ्नोस् कति छन् भेदका कुरा
विवेकी जनका लागि रूपरंग अनेकता।।
अहिले यत्ति नै भन्छु विदा हुन्छु जदौ गरी
भेट हाम्रो सधैं हुन्छ वसन्त फेरि हुन्छ नि।।
उही
शिरीष
'शिरीष–फूल'मा शंकर लामिछानेको भूमिका
पारिजातलाई म प्रेम गर्छु। कसो कसो एउटी बहिनीभन्दा बढी नै, शायद प्रेमिका जति नै, जोसँग आत्मीय संसर्ग होवोस्, जोस"ग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस्। र, यौनलाई नअगा"लेर यदि प्रेमको चरमसीमाको कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुन सक्ला।
अहँ, म मान्दिनँ।
यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ। म एकदमै नया" उपमा दिन्छु। भन्छु– 'मास्सिन लागेकको आफ्नो स्पिसिसको अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो। त्योस"ग यत्ति आफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्बन्ध छ न त पर्याप्ति नै। एक मनले चाहन्छ यही मेरो 'स्वप्नको साकार रूप' र अर्को मनले भन्छ 'यही नै हो पूर्णविराम'। र शिरीषको कथा पख एक छिनपछि भन्छु! हतार के छ?
' त, पाण्डुलिपि मेरो हातमा पर्यो। र, साथै एक उत्साह पनि। एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई।
किताबको नाम छ 'शिरीषको फूल'। र, मचाहि" शिरीषको फूल नै नचिनेको मान्छे। किताब पढुन्जेल मेरो आ"खामा जराकाण्ड आइरह्यो – पछि थाहा पाए" अंग्रेजीमा यसलाई 'मिमोसा सिरिसा' भन्दा रहेछन्। यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे!
'कुमारसम्भवम्'मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दछन्– 'पदां सहेत भ्रमरस्य पेलवं शिरीषपुष्प न पुन : पतत्रिण।' कथाको सार पनि यही। तर पढिसकेर मात्र सार बुझिन्छन् चाहे कुमारसम्भवम् सात सय वर्षअगाडि नै किन नलेखिएको होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन – पारिजातका लागि पनि!
ज्याकरन्डा शिरीष हुँदै हैन
– वसन्तकुमार शर्म्मा 'नेपाल'
साहित्यकार, कोशकार
ज्याकरन्डा शिरीष हैन, हुँदै हैन। शिरीष त्यसरी फुल्दैन। शिरीषको फूल लामो खालको बुरुसजस्तो हुन्छ। त्यसका रेसाहरू बढार्ने कुचोको जस्तो अगाडि आएका हुन्छन्। एकदम नरम हुन्छन्। बडा राम्रो हुन्छ। धेरै गाढा पनि हैन, फिक्का पनि हैन। मनपर्दो खालको गुलाबी रंगको। हरेक हाँगामा, हरेक टुप्पामा सानोभन्दा सानो टुप्पामा पनि एकैचोटि फुल्छ। एउटै रूखमा दस ठाउँमा भिन्नभिन्न समयमा हैन। शिरीष टिप्नचाहिँ हुन्न। टिपेको केही छिनमा ओइलाउँछ। ज्याकरन्डा एउटै बोटमा पनि फरक फरक समयमा फुल्छ। भेट्नोस"गै टिपेर पानी हालेको भाँडोमा राखे दिनभर रहन्छ। शिरीष टिप्यो कि ओइलाइहाल्छ। अति नरम हुन्छ। यसो जिउमा छुवाउने हो भने कुत्कुती लाग्छ। रौंले छोएको भन्दा नरम। रौंले तान्छ, शिरीषको फूलले तान्दैन।
२०१६ सालअघिसम्म टुँडिखेल वरिपरि काइ"यो र किम्बुका बोट थिए। बेलायतकी महारानी एलिजाबेथ नेपाल आउने हुँदा बाटोका दुई किनारामा मसला, ज्याकरन्डा र अरू बोटबिरुवा रोपिएका थिए। रत्नपार्क बनेपछि त्यहाँ पनि रोपिए। तिनै बोट पछि सप्रिए। २०२० सम्म काठमाडौंमा अहिलेको जस्तो ज्याकरन्डा फुल्दैनथ्यो।
शिरीषको प्रयोग आयुर्वेदमा हुन्छ। चरकसंहिता र आयुर्वेदीय लक्षणग्रन्थ माधवनिदानको आतंकदर्पणमा यसको सर्वविषनाशक गुणको चर्चा छ। दशांगलेप, बृहत् मरिच्यादी तेल, नवरत्न तेल, देवदारारिष्ट आदि औषधि बनाउँदा शिरीष चाहिन्छ।
१९८७–८८ सालमा मेरी हजुरामालाई सर्पले हातमा डस्यो। म सानै थिएँ। विष झार्ने औषधि बनाउन शिरीष चाहिन्छ भनेर कुदाकुद गरेर केशरमहल पुगियो। पातसहितको एउटा डाँठ ल्याएर दिएपछि लेप बनाएर लगाइदिए। निको पनि भयो।
पछि २०१२ सालमा आयुर्वेद पढ्दा गुरु किरणप्रसाद ढुंगानाले रानीवनमा शिरीष छ भनेर चिन्नका लागि हेर्न पठाउनुभयो। वनदेवीको मन्दिरको दाया"पट्टि शिरीषको एउटामात्रै रूख छ। पहिला मैले त्यो शिरीष भनेर चिनेको थिइनँ। पढेर मात्रै हुँदैन, मान्छेले देखेको र प्रयोग गरेकै हुनुपर्छ। चारपाँच साथीभाइ गएका थियौं। वसन्त ऋतु नै थियो, शनिबारको दिन। फूल फुलिराखेको थियो। असाध्यै राम्रो। म प्राय : फूल टिप्दिनँ। हाँगा तानेर फूल छामेँ। साथीहरू टिपौं भन्न थाले। 'त्यसो नगरौं, टिपेपछि त नाश भै'गो नि' भनेँ। तैपनि द्वारिका नाम गरेको साथीले चुँडिहाल्यो। फूल त तुरुन्तै सुक्यो।
चारभञ्ज्याङभित्र रातो शिरीष अन्यत्र याद गरेको छैन। तल बेनीघाटनजिक केउरेनीमा महेश खोला आसपास पा"च वर्षअघिसम्म फुलेको देखेको थिएँ। वसन्तमा पुगिएन होला, त्यसैले अरू ठाउँमा त्यस्तो फूल देखेको छैन। शिरीष र ज्याकरन्डाका बोट र पातचाहिँ उस्तैउस्तै हुन्छन्। ज्याकरन्डा ज्यादै मोटो हुन्छ, शिरीष त्यति मोटो हुन्न। नफुलेसम्म सामान्य मान्छले कसरी थाहा पाऊन्?
मैले आफ्नो बगैंचामा शिरीष हुर्काउने ठूलो कोसिस गरेँ। तर सकिनँ। कलमी गर्दा प्रयोग हुने अनेकथरी प्लान्ट हर्मोन हालेर अनेक उपाय गरेर बल्लबल्ल एउटा बेर्ना तयार गरियो। भृकुटीमण्डप र रत्नपार्कका प्रमुख चेतनारायण र उता मस्जिदका शिवलालले गर्दिएका। २०३१–३२ तिर मेरो बगैंचा (चाबहिल) मा ल्याएर रोपियो। अम्बाको बोट नजिकै परेछ। अम्बाले खाइदियो शिरीषको बोटलाई। तीनचार वर्षमा मर्यो। फुल्नै पाएन।
शिरीष नेपालको रैथाने
– तीर्थबहादुर श्रेष्ठ
वरिष्ठ वनस्पतिविद्
शिरीष नेपालको रैथाने वनस्पति हो। यसको उल्लेख आयुर्वेदमा भएको छ, ज्याकरन्डाको हैन। ज्याकरन्डा पछि आएको हो। मैले यसबारे 'हिमाल'मा लेखेको थिएँ। त्यो लेख पछि छापिएको पुस्तक 'नेपाल : नखुलेका पाटाहरू' मा संग्रृहीत छ। नेपाली साहित्यका कृतिहरूमा शिरीष भनेर ज्याकरन्डालाई भनिने गरेको छ। पारिजातको उपन्यासले त्यो गलत अवधारणा बढाइदिएको हो।
म त्रिचन्द्र कलेज पढ्दा २०१६ सम्म ज्याकरन्डा देखेको थिइनँ। पछि टुँडिखेलमा बार राखेपछि रोपेको हो। ज्याकरन्डा काठमाडौंमा फैलिएपछि यसको फूल चराजस्तो देखिने भएकाले नेवारीमा 'चखुङचा स्वाँ' भन्न थाले।
काठमाडौं उपत्यकामा कतैकतै शिरीष पाइन्छ। पुल्चोकको एउटा बगैंचामा ठूलै रूख छ। त्यहाँ घिउ रंगको फूल फुल्छ।
प्रकाशित: २७ वैशाख २०७१ ०५:२९ शनिबार