अन्य

आयो भूमि शब्दकोश

काठमाडौं– भूमिसुधार तथा व्यवस्था मन्त्रालयले भूमिसँग सम्बन्धित शब्दहरुमात्र समावेश भएको भूमि शब्दकोश तयार पारेको छ।भूमिसँग सम्बन्धित विभिन्न अड्डा, अनुसन्धानकर्ता तथा यो क्षेत्रमा रुचि राख्ने सबैलाई उपयोगी र सहज होस् भनेर शब्दकोश तयार पारिएको जानकारी मन्त्रालयका उपसचिव गोपाल गिरीले दिए।
भूमि सबै नेपालीको घर परिवारसँग जोडिएको विषय भएकाले यसबारे सबैलाई जानकारी हुनु आवश्यक भएको पनि उनले बताए। यो शब्दकोशले भूमिसँग सम्बन्धित शब्दहरुको आफूखुसी व्याख्या गर्ने, अर्थ नबुझेर अलमल पर्ने तथा दोहोरो अर्थ लाग्ने अवस्था अन्त्य हुने आशा पनि मन्त्रालयले गरेको छ।

प्रकाशित: २४ वैशाख २०७१ २०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App