एमाओवादी अध्यक्षमा पुनः पुष्पकमल दाहाल दाहाललाई चयन भएका छन्। ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेपछि बसेको नयाँ केन्द्रीय समिति बैठकले दाहाललाई पुनः अध्यक्ष निर्वाचित गरेको हो।
नारायणकाजी श्रेष्ठको प्रस्ताव र पोष्टबहादुर बोगटीको समर्थनमा दाहाल अध्यक्ष भएका हुन्। अर्को केन्द्रीय समिति बैठक जेठ १ गते काठमाडौंमा बस्नेछ। सो बैठकले पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो चयन गर्ने जनाइएको छ।प्रकाशित: २३ वैशाख २०७१ ०४:३२ मंगलबार