'जवानीका दिनमा जोपनि कवि हुन्छ । लहडको कवि । तर जवानीको उत्सुकताले मलजल पायो भने मात्र त्यो मान्छे असली कवि हुन्छ । मञ्जुल दाइ असली कवि हो । तर कवि हुन सबैभन्दा ठूलो कुरा साहस चाहिन्छ र त्यो साहस पनि मञ्जुल दाइमा छ,' धितालले भने । उनले बुढ्यौलीमा बाल्यकालको बारेमा लेखिएका कविताले सबैलाई छुने दाबी पनि गरे ।
'कहिले आकाशमा कहिले धर्तीमा' शीर्षकको निबन्ध माथि टिप्पणी गर्दै जिवलाल बस्यालले मञ्जुलका निबन्ध कविता जस्तै शक्तिशाली रहने गरेको धारणा राखे । उनले कृतिमा तीन खाले प्रवृत्तिहरु देखिएको टिप्पणी गर्दै मञ्जुलको लेखनमा पाठकलाई बाँधेर राख्ने क्षमता भएको विचार राखे । 'पुस्तक भित्र राल्फा कालिन, माक्र्सवादी चिन्तन र समसामयिक गरी तिन खाले निबन्धहरु संग्रहहित छन् । यात्रा प्रधान निबन्धको बाहुल्यता रहेपनि लेखकले आफ्नो विचार र चिन्तन पोख्न बिर्सिएका छैनन्' बस्यालले भने ।
कार्यक्रममा भिष्म उप्रेति, गीताकेशरी र तुलसी दिवसले पनि मञ्जुलको व्यक्तित्व तथा कृतित्व माथि टिप्प्णी गरेका थिए ।
कार्यक्रममा मञ्जुलले संग्रह भित्रका चारवटा कविता वाचन गरेर सुनाएका थिए ।
निबन्ध संग्रहलाई पाटन बुक्सले बजारमा ल्याएको हो भने कविता र क्यालेण्डर फेलामले प्रकाशित गरेको हो ।
प्रकाशित: १८ वैशाख २०७१ २०:२५ बिहीबार