इलाम सदैव हरियो हुने मुख्य कारण कृषि नै हो। सबैजसो जिल्लामा खेतीपाती हुन्छ। तर, इलाममा खेतीको तरिकै भिन्न छ। यहा“का बहुसंख्यक किसानले परम्परागत खेती त्यागेका छन्। दुई पाथी मकै छरेर उत्पादन भिœयाउन ६ महिना पर्खिने धैर्य गुम्दैछ। कोदो, गहु“ र जौले बारी ओगट्ने चलन हराउ“दैछ।
इलामेलीको रोजाइमा एकपल्ट रोप्दा दशकौं आम्दानी दिने नगदेबाली पर्छन्। चिया, अलैँची, सुन्तला बहुवर्षे बाली हुन्। तिनको व्यावसायिक खेतीमा रम्ने इलमी इलामेली सयौं छन्। आलु, अदुवा, अम्लिसो, ओलन (दूध), अकबरेको कमाइले चित्त नबुझेर किवी, एभोकाडो, लिच्ची र अनार उमार्ने थपि“दैछन्।
ज्यान बचाउने औषधी मात्रै होइन, नगद आर्जनका दरिला स्रोत चिराइतो, लौठसल्ला, सुगन्धवाल, बिख्मा जस्ता जडिबुटी रोप्ने क्रम बढ्दैछ। घरको सौन्दर्यस“गै व्यवसाय बढाउन सुनाखरी, बेगुनिया, मखमली र सयपत्रीजस्ता रंगीन फूल फुलाउने थपिँदैछन्। खेतीबाटै खल्तीमा पैसा भर्न इलामेली पोख्त छन्।
इलामको क्षेत्रफल १ लाख ७० हजार ३ सय हेक्टर छ। त्यसमा ८० हजार ९ सय २६ हेक्टर वनजंगलले ढाकेको छ। ७१ हजार ८५ हेक्टरमा खेतीपाती गरिएको छ। चौर र झाडीले ओगटेको त्यति छैन। हरियाली नदेखिने नदी, चट्टान र बजारले ढाकेको ठाउ“ थोरै छ। त्यसैले इलाम हेरिरहु“ लाग्ने हराभरा छ।
'इलामका विशेषता अनेकौं छन्,' जिल्ला कृषि विकास अधिकृत प्रकाश डा“गी भन्छन्, 'तर, छुटाउनै नहुने विशेषता हरियाली नै हो।' इलामको पहिचान बनेको हरियाली त्यसै भएको होइन। सुधारिएको कृषिमा आश्रित परिवार संख्या अत्यधिक हु“दा प्रकृति अनुपम बनेको हो। पौरखीको परखले इलाम सिंगारिएको हो।
कृषिले हरियालीस“गै इलामेलीको जीवनस्तर उकास्दैछ। एउटा सर्वेक्षणले कृषि उपजबाटै इलाममा वर्षेनी ३२ अर्ब रुपैया“ भित्रिने देखाएको छ। बग्रेल्ती फल्ने इस्कुसबाटै ४३ करोड रुपैयाँ इलामेलीको हात पर्छ। का“क्रा, करेला र अकबरेबाट ३८ करोड आम्दानी हुन्छ। अलैँची मासि“दै गए पनि ८६ करोड रुपैया“ यसबाट प्राप्त हुन्छ।
'कृषिजन्य उत्पादनलाई प्रशोधन गर्न सक्दा इलामेलीको आम्दानी अझै बढ्छ,' फलफूल र नगदेबालीको सम्भावना देखाउ“दै डा“गी थप्छन्, 'कोल्ड स्टोरमा थन्क्याएर फरक सिजनमा बेच्दा पनि मनग्गे फाइदा हुन्छ।' कृषि कर्ममा रम्नेको संख्या अत्यधिक हु“दा बैंकले गर्ने ऋण प्रवाह र सहकारी सञ्जाल उनीहरुमै केन्द्रित छ।
इलामलाई हरिलो, भरिलो पार्ने अर्को कारण पशुपालन पनि हो। यहा“का हरेक घरमा दूधालु गाईभैंसी पालिन्छन्। नजिकैका संकलन केन्द्रमा दूध बेच्न जानु किसानको दैनिकी हुन्छ। पशुलाई घा“स नभई हु“दैन। घा“स निम्ति बोटबिरुवा रोप्ने क्रम बढ्दैछ। इलाममा वर्षेनी दूध बिक्रीबाट दुई अर्ब ७० करोड भित्रिन्छ।
भर्खरै गरिएको अर्को अध्ययनले इलामको कुल गार्हस्थ उत्पादन मज्जाले बढेको देखिन्छ। '१२ वर्षको अन्तरमा इलामको गार्हस्थ उत्पादन झन्डै चार गुणाले बढेको छ,' अध्ययनमा सहभागी विष्णु काफ्ले भन्छन्, 'यसको श्रेय नगदेबाली विस्तार, उत्पादन वृद्धि, उच्च बजार मूल्य र नया“ खेतीको विस्तारलाई जान्छ।'
इलामको कृषिलाई अझ नाफामुखी बनाउन नौलो प्रयास गरिँदैछ। 'हरित कृषि' अवधारणा ल्याइएको छ। यसले कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाई व्यावसायीकरण र विविधीकरण गर्नेछ। भर्खरै सकिएको जिल्ला परिषदले इलामलाई 'हरित कृषि जिल्ला' बनाउने निधो गर्दै त्यस निम्ति सबैको सहयोग मागेको छ।
घुम्न र हेर्नलायक थुप्रै कुरा हु“दा इलामको पर्यटन क्रमशः फस्टाउ“दैछ। देशभरबाट इलाम घुम्न आउने बढेको बढ्यै छन्। 'कृषिमा आधारित पर्यटनबारे अझै प्रचारको खा“चो देखिन्छ,' स्थानीय विकास अधिकारी मदन कोइराला भन्छन्, 'इलामको कृषि दुई छाक टार्नमै सीमित छैन, राम्ररी नियाल्दा थुप्रैलाई प्रेरणादायी बन्छ।'
२०६८ को गणनामा इलामको जनसंख्या दुई लाख ९० हजार छ। उनीहरु ४८ गाविस र एक नगरपालिकामा छरिएका छन्। ६४ हजार ५ सय घरधुरीमध्ये ८० प्रतिशत जस्ताले छाएका छन्। सहरी जनसंख्या २० हजार जति छ। सडकको फैलि“दो सञ्जालले गाउ“–सहरबीचको दुरी छोटिएको छ। गाउ“ सुविधायुक्त बन्दैछन्।
'हिउ“दमा यहा“का हरेक गाविस मात्रै होइन, वडावडामा मोटर पुग्छन्,' सामाजिक अगुवा धर्म गौतम बदलि“दो इलामको बखान गर्छन्, 'तराईबाट खाद्यान्न बोकेर उक्लेका ट्रक रित्तो फर्किंदैनन्, केही न केही सामग्रीले भरिएकै हुन्छन्।' पा“च 'अ'मा पर्ने नगदेबालीका अतिरिक्त अचेल काठका गोलिया र जडीबुटी निकासी हुन्छन्।
समुद्री सतहबाट तीन सयदेखि ३६ सय ३६ मिटर उचाईसम्म फैलिएको इलामलाई सदैव हरियाली पार्ने चिया हो। चियाखेतीमा ८ हजार परिवार आश्रित छन्। उनीहरुले उत्पादन गर्ने हरियो पत्ती प्रशोधन गर्न ठूलो लगानीमा २४ कारखाना चल्दैछन्। धेरैले रोजगारी पाएको चिया उद्योग अवलोकन गर्न पर्यटक पनि आउ“छन्।
दार्जिलिङस“ग जोडिने इलाममा उतैको प्रभावले हुनसक्छ, ७८ प्रतिशत नागरिक साक्षर छन्। निरक्षरलाई साक्षर बनाउने अभियान चल्दैछ। स्तरीय स्कुल खुल्ने क्रमले छोराछोरीलाई सीमापारी पढाउन लैजाने चलन हट्दैछ। दार्जिलिङकै शिक्षक–शिक्षिकाको सहज आगमनले इलामका निजी स्कुलको गुणस्तर राम्रो मानिन्छ।
विकासका आधारभूत पूर्वाधार विस्तारले इलामको भाउ वर्षेनी बढ्दैछ। मेची राजमार्गले छोएका गाउ“को जग्गाको दाम अकासिएको छ। ग्रामीण बजार आसपासमा उस्तै छ। वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन। तर, शिक्षित युवाले पनि 'स्वदेशमै केही गर्ने' भन्दै तरकारी खेती र पशुपालनमा मन दि“दैछन्।
सदरमुकाममा प्लास्टिक निषेध गरिएको ४ वर्ष बित्नै लाग्दा 'हरित नगर'को नारा गुञ्जि“दैछ। इलाम नगरपालिकाभित्रका घरमा हरियो रङ लगाइएको छ। हरेक घरका बार्दली गमलाका फूलले ढकमक्क हुनुपर्ने नियम छ। घरैपिच्छे शौचालय बनाउने अभियान अन्तिम चरणमा छ। भान्छाभित्रको धुवा“ हटाउने अभियान चल्दैछ।
'यही गतिमा भौतिक संरचना थपि“दै गए १० वर्षपछि इलामको मुहार अर्कै हुन्छ,' प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको आ“कलन छ, 'औद्योगिकीकरण र रोजगारीको क्षेत्र फराकिलो पार्न सके इलामले कसैस“ग हात पसार्नु पर्दैन, हरियाली बेचेरै मनग्गे कमाउ“छ।'
कोसीको सानो तर सुन्दर जिल्ला हो– तेह्रथुम। क्षेत्रफल, जनसंख्या र आर्थिक कारोबार कम भए पनि तेह्रथुमको भविष्य उज्ज्वल देखिन्छ। नगदेबाली उत्पादनमा अगुवा इलामले जसरी आलु, अदुवा, अम्लिसो, अलैँची, ओलन (दूध) मा ख्याति आर्जन गर्दै पा“च 'अ'को प्रसिद्धि पाएको छ, तेह्रथुमले पनि त्यसैको सिको गर्दैछ। यसले तीनजुरे, तान (राडीपाखी बुन्ने), तरकारी र तमोर नदीलाई लिएर अघि बढ्ने प्रयास थालेको छ।
कुनै पनि स्थान र जिल्लालाई चिनाउन त्यहा“को भौगोलिक, सांस्कृतिक, आर्थिक, पर्यटकीय र सामाजिक विशेषताको भूमिका महŒवपूर्ण हुन्छ। जिल्लालाई आर्थिक समृद्धितिर डोर्या,उन सक्ने सम्भावना बोकेका कुरा 'त'बाटै सुरु हुने चीज वस्तुमा रहेकाले इलामलाई 'अ' जस्तै तेह्रथुमलाई 'त' को पगरी गुथाउन लागिएको हो।
सडक, शिक्षा, स्वास्थ्य, विद्युतजस्ता विकासका आधारभूत पूर्वाधारको विस्तार हु“दै जा“दा जिल्ला चिनाउन 'त'को फुर्को जोड्न थालिएको हो। तेह्रथुम भौगोलिक हिसाबले पूर्वाञ्चलकै सबैभन्दा सानो जिल्ला हो। यहा“ ३२ वटा गाविस, ११ इलाका र एक निर्वाचन क्षेत्र छन्।
यहाँ लिम्बु, बाहुन, क्षेत्री, नेवार, तामाङ, राई, शेर्पा, मगर, गुरुङ, भुजेल, जोगी, माझी, सार्की, कामी, दमाईलगायतको बसोबास छ। विभिन्न जातजातिको मौलिक संस्कृति र रहनसहन देख्न पाइन्छ। तेह्रथुमको ढाका मुलुकमै प्रसिद्ध छ। ढाका उद्योगले सयौं महिलालाई रोजगारी दिएको छ। तेह्रथुमे ढाकाको माग धेरैतिर छ। विदेश बस्ने नेपालीले पनि यहा“को ढाका कपडा रुचाउ“छन्।
मध्यपहाडी भेगको हावापानी अनुकूल हु“दा तेह्रथुममा मौसमी र बेमौसमी तरकारी, फलफूल, अलैँची, चिया, अदुवा, अम्लिसो, अकबरे खुर्सानी, बेसारजस्ता नगदेबालीको मनग्गे उत्पादन हुन्छ। अचेल चिराइतो खेतीप्रति रुचि बढ्दैछ। यसको व्यावसायिक खेती गर्न सक्दा अर्थोपार्जनमा धेरै टेवा पुग्छ।
मौसमी फलफूलमा सुन्तला, कागती, अम्बा, मेवा, अनारस फलाउ“दै बिक्री गर्नेहरु पनि धेरै छन्। कृषि बालीअन्तर्गत मकै, धान, गहु“, कादो, फापर र भटमास उमार्ने पनि निकै छन्। यत्तिका सम्भावना भए पनि टुक्रे जमीनमा थोरैथोरै खेती गर्दा पर्याप्त आम्दानी लिन समस्या छ। वैदेशिक रोजगारीमा जाने युवाको संख्या अत्यधिक हु“दा कृषि–कर्मले व्यावसायिकता अ“गाल्न सकेको छैन।
तेह्रथुमको आर्थिक विकासमा आर्थिक अलैँची, अम्लिसो र चियाको योगदान उच्च छ। ३२ गाविसमध्ये २५ का किसानले ६ सय ५० हेक्टरमा अलैँची खेती गर्दैछन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष २ सय ४५ मेटि्रक टन अलैँची उत्पादन भएको छ। यसलाई औसतमा प्रतिमन ६८ हजार रुपैयाँको दरले हिसाब गर्दा पनि ४१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको देखिन्छ।
एक दशकअघिसम्म मसलाका रुपमा प्रयोग गर्न घरायसी प्रयोजनका लागिमात्रै रोपिने अदुवाले अहिले व्यापकता पाएको छ। अदुवाले राम्रो मूल्य पाउन थालेपछि यसको व्यावसायिक खेती गर्ने क्रम सुरु हु“दैछ। यस वर्ष २ सय १० हेक्टर जग्गामा किसानले अदुवा खेती गरेका छन्। यस वर्ष जिल्लामा २ हजार ६ सय मेटि्रक टन अदुवा उत्पादन हुने अनुमान छ।
इलामबाट बिरुवा ल्याएर तेह्रथुमका ओयाक्जुङ, जिरिखिम्ती, आम्बुङ, सोल्मा, सुङ्नाम, बसन्तपुर, फुलेक, दागपा, सुधाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ र आङदिम गाविसमा चियाखेती गरिँदै आएको छ। जिल्लामा २ हजार ५ सय रोपनी क्षेत्रफलमा चिया विस्तार भइसकेको चिया उत्पादक सहकारी संघले जनाएको छ। चियाखेतीमा ४ सय ५० परिवार संलग्न छन्।
पशुपालन व्यवसायले पनि तेह्रथुमलाई उजिल्याउ“दैछ। परम्परागत रुपमा गाई, भैंसी, बाख्रा, सु“गुर, कुखुरा पाल्दा पनि जिल्लाका किसानले राम्रै आम्दानी गरिरहेका छन्। तेह्रथुमका केही गाउ“लाई पकेट क्षेत्र घोषणा गरी दूध उत्पादनमा प्राथमिकता दिइँदैछ। किसानले उत्पादन गर्ने दूध घरनजिकैका संकलन केन्द्रमा जम्मा गरिन्छ। त्यसरी संकलित दूध गाउ“मै आइपुग्ने सवारी साधनले सुनसरी र विराटनगर पुर्या उँछन्। कृत्रिम गर्भाधान गराउने क्रम बढ्दै जा“दा उन्नत जातका गाईभैंसी पाल्ने किसान थपि“दैछन्।
तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसका लागि प्रख्यात छ। गुरा“स फुलेको मौसममा पर्यटकको भीड लाग्छ। धरान–धनकुटा–बसन्तपुर हु“दै तीनजुरे क्षेत्र घुमेर फर्किने सयौं हुन्छन्। जिल्लामा ३ सय ६५ मिटर लामो ह्यात्रुङ झरना छ। यसले तेह्रथुमको चिनारीमा दरिलो काम गर्दै आएको छ। बीना आफूस“ग हु“दाहु“दै कस्तुरीले बास्ना खोज्न यत्रतत्र भौंतारिए जस्तो तेह्रथुमबासी पनि सम्पदा र सम्भावनायुक्त वस्तुको विकास गर्न ढिलो गर्दैछन्।
प्रकाशित: ११ वैशाख २०७१ ०२:१२ बिहीबार