सुर्खेत– जिल्ला विकास समितिका तत्कालीन सभापति गोविन्दबहादुर मल्लले २०५२ सालमा जिल्ला परिषदबाट सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने निर्णय पारित गराउँदा सबै आश्चर्यचकित भए। त्यही ‘असम्भव’ सपना साकार पार्न सुर्खेतले झन्डै डेढ दशक संघर्ष गर्योि। अन्ततः तीन वर्षअघि सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो, जसले सुर्खेतको समृद्धिका लागि बलियो शैक्षिक धरोहर काम गरिरहेको छ।
पश्चिम सुर्खेतको गुटुमा चौकुुने सिमेन्ट उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको चार दशक पुग्यो। सरकारले व्यापारी अजय सुमार्गीलाई उद्योग सञ्चालनको लाइसेन्स दिइसकेको छ। तर, हालसम्म त्यहाँ उनले साइनबोर्ड झुण्ड्याउनेबाहेक अरु काम थालेका छैनन्। उद्योग सञ्चालनमा आयो भने यसले सुर्खेतमात्र होइन, समग्र नेपालको औद्योगिक क्षेत्रमा टेवा पुर्यााउनेछ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चौकुने सिमेन्ट उद्योग सुर्खेतको समृद्धिका प्रमुख आधार हुन्। यहाँ यस्ताखाले समृद्धिका अरु पनि थुप्रै आधार छन्, जसले सुर्खेतको सुन्दर भविष्य बोकेका छन्। जिविस पूर्वसभापति मल्ल सुर्खेतले पछिल्ला दुई दशकमा विकासमा निकै फड्को मारेको बताउँछन्। ‘त्यतिबेला जिल्लाको आयस्तर कम थियो, विकासका पूर्वाधार तयार भएकै थिएनन्,’ उनी भन्छन्, ‘अहिले पूर्वाधार विकासले जिल्लाले विकासमा गति लिएको छ।’
जिल्लाको समग्र विकासमा मध्यपश्चिमकै प्रशासनिक केन्द्र सुर्खेत उपत्यकाको विकासले प्रभाव पार्छ। यद्यपि उपत्यकाको मानवइतिहास र विकास प्रक्रिया त्यति पुरानो छैन। सातौं सताब्दीमा राजीहरुले बसोबास सुरु गरेको उपत्यकामा उनीहरु खेतीपातीभन्दा नदीकिनारमा बसेर माछा मार्ने, कन्दमूल खाने भएकोले कोही भेरी किनारातिर त कोही पूर्वी तथा पश्चिम सुर्खेततिर लागेको पाइन्छ। यसले गर्दा सुर्खेत उपत्यका बस्तीविहीन भयो। लामो समयपछि १९४० सालतिर दाङबाट थारुहरु आएर बसोबास सुरु गरे। त्यसपछि क्रमशः दैलेखबाट बस्नेत, अधिकारी, आचार्य र मल्ल, अछामबाट दुल्लु हुँदै धमला, प्युठानबाट दैलेख हुँदै पोखरेलहरु सुर्खेत आएको इतिहास छ। तर, उनीहरु औलोको डरले उपत्यकामा बस्न डराएर कटकुवा, जर्बुटा, गोठीकाँडामा बस्थे।
२०२४ सालतिर सरकारले औलो उन्मूलन अभियान थालेपछि भने सुर्खेत उपत्यका आदिवासी थारुको मात्र बासस्थान रहेन। औलोको डरले डाँडाकाँडामा बसेकाहरु तल झरे। मध्यपश्चिमका दैलेख, जुम्ला, मुगु, कालिकोट, जाजरकोटलगायतका बासिन्दाहरु पनि सुगम र सुविधाको खोजिमा उपत्यकामा बसाइ सर्न थाले।
दैलेख, कर्णाली, जाजरकोट, सल्यान आदि स्थानबाट आएकाले भने आफूसँगै आफ्नो जीवनशैली, रहनसहन, लोकसंस्कृति बोकेर ल्याएका छन्। जाजरकोटी टप्पा होस् वा भेरी–कर्णालीको झ्याउरे–देउडा, रैथाने थारुनाच होस् वा गुरुङ/मगरको परम्परागत सांस्कृतिक नाच, सुर्खेतमा यी सबै समान अस्तित्वसाथ बाँचेका छन्। सुर्खेतको समृद्धिका लागि पर्यटन एक आशलाग्दो क्षेत्र हो। काँक्रेविहार, बुलबुले, बराहताल, चमेरे गुफा आदि यहाँका संभावना बोकेका पर्यटकीय स्थलहरु हुन्। जिल्लास्थित पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्मा निजी तथा सरकारी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनको काम भइरहेको बताउँछन्। उनका अनुसार हाल जिल्ला विकास समितिको साझेदारीमा पर्यटन विकास गुरुयोजना निर्माण भइरहेको छ।
सुर्खेतनिवासी पूर्वमन्त्री पूर्णबहादुर खड्का आधुनिक सुर्खेतलाई समृद्ध बनाउन विकासलाई तीन खण्डमा अगाडि बढाउनुपर्ने औंल्याउँछन्। पूर्वमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी भेरी किनारमा सुन्दर बस्ती, उपत्यकामा संघीय राज्यको राजधानी र पश्चिममा सिमेन्ट कारखाना सञ्चालन गरी औद्योगिकरण गरिनुपर्ने उनले प्रस्तुत गरेको समृद्ध सुर्खेतको मार्गचित्र हो। ‘पूर्वी सुर्खेतको मदानेचौरमा विमानस्थल निर्माण भएमा भेरी किनारमा सुन्दर बस्ती बसाल्न सकिन्छ,’ उनी भन्छन्, ‘संसारका ठुल्ठूला विमानस्थल समुद्र र नदी किनारमा बनाइएका छन्, सुर्खेतमा स्थापना हुने यो विमानस्थलले नेपालकै सुन्दरतामा टेवा पुर्याूउनेछ।’
उद्योग वाणिज्य संघका सदस्य टुकाराम लामिछाने सुर्खेतस्थित सम्भावना बोकेका ठूला विकास संरचनालाई बलियो पार्दै अघि बढ्न सके सुर्खेतको भविष्य उज्यालो रहेको बताउँछन्। ‘यहाँ सम्भावनाको खानी छ,’ उनी भन्छन्, ‘तर त्यसलाई उत्खनन् गरेर सदुपयोग गर्ने संस्कारको विकास हुन सकेको छैन।’
शिक्षा र स्वास्थ्यले नयाँ पहिचान
विराटनगर– उद्योगधन्दा र राजनीतिक योगदानले मात्र विराटगरको परिचय बनाएको छैन, बिस्तारै यो सहर शिक्षा र स्वास्थ्यको पनि 'हब' बन्दैछ। दुई दर्जनभन्दा बढी अस्पताल खुलिसकेको विराटनगरमा एउटा मेडिकल कलेज सञ्चालनमा छ भने अर्को तयारीमा। पूर्वाञ्चलकै पहिलो अस्पताल कोसी अञ्चल अस्पताल विराटनगरमै छ। उद्योग तथा राजनीतिक थलोबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको विराटनगर टाउको र आ“खासम्बन्धी रोग उपचारका लागि हिजोआज रोजाइमा पर्दैछ।
आ“खा अस्पतालले विराटनगरलाई थप पहिचान दिलाएको छ। आ“खा उपचारमा अब्बल मानिने यो अस्पतालले नेपालका मात्र होइन, भारतका बिरामीलाई पनि उत्तिकै आकर्षित गरेको छ। यो अस्पतालमा करिब ८० प्रतिशत बिरामी भारतबाटै आउ“छन्। विराटनगरमा हाल चारवटा आ“खा अस्पताल छन्। विराटनगर आ“खा अस्पताल, नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको छ भने गोल्छा आ“खा अस्पताल, तापडिया आ“खा अस्पताल र विराट आ“खा अस्पताल निजी क्षेत्रबाट चल्दैछन्। टाउको र नशा रोगको उपचारका लागि विराटनगरको न्युरो अस्पताल प्रख्यात छ। यहाँका सरकारी र निजी दुवैखाले अस्पतालहरूमा उत्तिकैै गुणस्तरीय सेवा उपलब्ध छ।
विराटनगरमा स्वास्थ्यस“गै शिक्षा क्षेत्र पनि उत्तिकै फस्टाउ“दै छ। विज्ञान, मानविकी, व्यवस्थापन विषयका कलेजमात्रै होइन पर्यटन, सूचना प्रविधि र होटल म्यानेजमेन्ट सम्बन्धि विषयका कलेज पनि खुलिसकेका छन्। यीमध्ये धेरै विद्यार्थीको आकर्षण विज्ञान विषयमा छ। प्राविधिक विषय भएकाले सजिलै रोजगारी पाउनसक्ने अपेक्षाले मेडिकल क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको विराट हेल्थ कलेज विराटनगरका सञ्चालक राजन खत्री बताउ“छन्। खत्रीका अनुसार पछिल्लो दशक विराटनगरमा हेल्थ कलेज फस्टाउ“दैछन्। यहा“ नर्सिङका मात्रै सात कलेज चल्दैछन्।
विराटनगरमा १९९० कै दशकमा विद्यालय स्थापना भएको पूर्व शिक्षामन्त्री राधाप्रसाद घिमिरे बताउ“छन्। १९९५ मा विराटनगरको आदर्श विद्यालयबाट औपाचारिक शिक्षा सुरु गरेका घिमिरेले नेपालको शिक्षा क्षेत्र संख्यात्मक रुपमा वृद्धि भए पनि गुणात्मक वृद्धि हुन नसकेको बताए।
विराटगनगर र वरिपरिका छवटा गाविस जोड्ने गरी निर्माण सुरु भएको रिङरोडले उपमहानगरबाट महानगरतर्फ विराटनगरलाई डोहोर्या उन थालेको छ। रिङरोडको ट्र्याक खोल्ने काम पनि करिब पूरा भइसकेको छ। भारत सरकारको सहयोगमा एकीकृत जा“च चौकी र मोरङको कटहरीसम्म रेलवे निर्माणको काम पनि धमाधम भइरहेको छ। निर्माणाधीन आयोजना सम्पन्न हु“दा विराटनगरले विकासमा ठूलो फड्को मार्ने निश्चित छ। कटहरीसम्म रेल मार्ग निर्माण भएपछि विराटनगरमा सजिलै भारतको कलकत्ता बन्दरगाहबाट सामान आयात गर्न सजिलो हुनेछ। पूर्वाधार निर्माणसँगै ऊर्जा संकट अन्त्य भए विदेशी लगानी ह्वात्तै हुने र विराटनगरको गुमेको साख फिर्ता आउने व्यवसायी ताराचन्द खेतानको भनाइ छ।
स्वास्थ्य–पर्यटनको ढोका खुल्दै
पाल्पा– पश्चिम नेपालकै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महŒवको जिल्ला पाल्पा शिक्षा र स्वास्थ्यका पूर्वाधारले विकासमा लम्कँदैछ। ‘शीतल सहर’ भनेर चिनिने तानसेन बजारमा जुनसुकै मौसममा विदेशी पर्यटक टुट्दैनन्। यहाँको हावापानी, ऐतिहासिक सम्पदा र भौगोलिक बनोट आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षण हुन्।
नेपाल एकीकरणपूर्व चौबिसी राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य पाल्पा एकीकरणपछि लामो समयसम्म पश्चिम क्षेत्रको प्रशासनिक गौंडोको रुपमा रह्यो। प्रस्तावित मगरात राज्य प्रदेशको राजधानीका रुपमा पनि चर्चामा छ पाल्पा। पाल्पाको विकासका लागि सरोकारवाला निकायले शिक्षा, स्वास्थ्य, पर्यटन र कुटिर उद्योगको नारा अगाडि सारेका छन्। विभिन्न जिल्लाबाट हजारौं नेपाली प्राविधिक शिक्षा र स्वास्थ्य सेवा लिन पाल्पा आउँछन्। शिक्षा र स्वास्थ्य सेवाले जिल्लाको पर्यटन विकासमा ठोस योगदान दिएको बताउँछन्, लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेल।
‘मेडिकल शिक्षामा पाल्पा नेपालकै अग्रणी जिल्ला हो,’ उनी भन्छन्, ‘पाल्पामा मेडिकल शिक्षासँगै मेडिकल पर्यटनको पनि विकास गर्न सकिन्छ।’ स्वास्थ्य सेवाका लागि पाल्पा आउनेाटै पर्यटन र कुटिर उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने उनको तर्क छ।
प्राविधिक शिक्षालयहरुले जिल्लाबाहिरका विद्यार्थीलाई आकर्षित गरिरहेका छन्।
युनाइटेड मिसन अस्पतालको सेवा लिन छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य बिरामी यहाँ आउँछन्। मिसन अस्पताल मातहतमै सञ्चालित तानसेन नर्सिङ स्कुल स्टाफ नर्स कक्षाका लागि यस क्षेत्रकै उत्कृष्ट मानिन्छ। लुम्बिनी मेडिकल कलेज खुलेपछि पछिल्ला वर्ष भारतबाट मेडिकल शिक्षा लिन यहाँ आउने क्रम पनि बढेको छ।
‘स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाले पाल्पामा पर्यटन आकर्षित गर्दै आएको छ,’ संस्कृति र इतिहासअध्येता निर्मल श्रेष्ठ भन्छन्, ‘यहाँको विशिष्ट हावापानी, भूगोल र पुराना कला संस्कृतिले पनि उत्तिकै पर्यटक तानेको छ।’
‘पाल्पा दरबार, रानीमहल, अर्गली दरबारलगायत ऐतिहासिक दरबारले एक शताब्दीभन्दा पुरानो इतिहास बोकेका छन्,’ स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल भन्छन्, ‘यी सबैको विकासका लागि हामीले पहल गरिरहेका छौं।’ पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस देशकै पुराना क्याम्पसमध्येको एक हो। ‘उतिबेला देशका अन्य सीमित ठाउँमा मात्र स्नातकोत्तरसम्म पढाइ हुने क्याम्पस थिए,’ शिक्षासेवी बुद्धिप्रसाद शर्मा भन्छन्, ‘छिमेकी जिल्लाको तुलनामा पाल्पाको शिक्षा विकासको गति पहिलेदेखि नै अब्बल रहँदै आएको छ।’ उच्च शिक्षाका लागि गुणस्तरीय कलेज स्थापना हुन सके पाल्पामा अध्ययनका लागि आउने विद्यार्थीको संख्या बढ्ने उनको तर्क छ।
सडकले बेरिँदै, विकासले फेरिँदै
सम्पन्न समाज र सहज जीवनयापनको अनिवार्य सर्त हो विकास। अनि, हरेक विकासको पूर्वसर्त हो– पूर्वाधार निर्माण। देशका विभिन्न जिल्लामा अहिले विकास–निर्माणको लहर छ। धमाधम पूर्वाधार निर्माणले विकासका हरेक सम्भावनालाई साकार पारिरहेका छन्। सडक सञ्जालले भूगोल साँघुर्या एको मात्र छैन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँ–गाउँ आपसका दैनिकीमै जोडिँदैछन्। लोकमार्ग र सहायक मार्ग तथा गाउँगाउँ, वडावडासम्म सडक विस्तार अभियानले विकासका हरेक आयाम सहज तुल्याइदिएको छ। कहीँ शिक्षा, कहीँ स्वास्थ्य, कहीँ पर्यटन त कहीँ कृषि र उद्योगले नयाँ पहिचान बनाउँदैछन्। पूर्वाधार निर्माणले विभिन्न जिल्लामा ल्याएको विकासका लहरलाई विभिन्न जिल्लाका नागरिक प्रतिनिधिले यसरी नियालेका छन् :
शैक्षिक पूर्वाधारले समृद्धितिर

सडक सञ्जालले बदल्यो जीवन
सिन्धुली– घरैअगाडि बिपी राजमार्ग बन्न थालेपछि सिन्धुली सित्तलपाटी–२ का वासुदेव कार्की दंग छन्। तीन दिन हिँडेर काठमाडौं पुगेको विगत सम्झँदै उनी यतिबेला सिन्धुलीको उज्यालिँदो भविष्य कल्पिँदैछन्। 'मेरै पालामा बन्ला भनेर सोचेकै थिइनँ,' ६६ वर्षे कार्की भन्छन्, 'तीन दिन पैदल हिँडेर काठमाडांैबाट घरायसी सामान बोकेरै ल्याउनुपर्थ्यो। अब सुखका दिन फिरे।'
बिपी राजमार्गसहित मध्यपहाडी लोकमार्ग, हेटौंडा–सिन्धुली चतरा वैकल्पिक मार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्ग गरी चार ठूला सडक–सञ्जालले सिन्धुली बेरिएको छ। सन् १९९६ देखि निर्माण सुरु बिपी राजमार्गको १ सय ६० किलोमिटर २०१५ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ। बर्दिवास–सिन्धुली पहिलो, सिन्धुली–खुर्कोट दोस्रो र नेपाल थोक–बनेपा चौथो खण्ड बनिसक्यो भने तेस्रो खण्ड खुर्कोट–नेपालथोक करिब ६० प्रतिशत सकियो। हालसम्म सडकका लागि ३० अर्ब खर्च भइसकेको छ।
सडक सञ्जालले राजधानीलगायत चीन र भारतलाई छुने भएकाले यहाँको औद्योगिक क्षेत्रको भविष्य उज्यालिँदो छ। कृषि र पर्यटनको सम्भावना पनि बढ्ने देखिन्छ। निर्माणधीन मध्यपहाडी लोकमार्गले हिमाल–तराईका जिल्ला र चीनको सिमाना लामाबगरदेखि भारतको सिक्किमसम्म छोएको छ।
हेटौंडा—सिन्धुली—गाईघाट–चतरा वैकल्पिक सडक निर्माण अघि बढेको छ भने यसैअर्न्तगत कमला नदी र अन्य नदी–खोलामा पक्की पुल बनाइँदैछन्। सरकारी योजनामा रहेको १० नमुना सहरमध्ये एक खुर्कोट यही जिल्लाको भीमेश्वर गाविसमा पर्छ। खुर्कोटलाई बिपी राजमार्ग, मध्यपहाडी र रामेछापबाट निर्माण भएको सडकले छुन्छ। 'बिपी राजमार्गले विकासका काममा तीव्रता दियो,' खुर्कोटका शरद आचार्यले भने, 'आफ्नै गाउँमा राजमार्ग बनेपछि विपन्न गाउँले पनि सहरिया शैली अभ्यास गर्न थालेका छन्।'
चार ठूला मार्गका अलावा थुप्रै ग्रामीण र कृषि सडक छन् सिन्धुलीमा। 'चार ठूला मार्गको ट्र्याक खुलेपछि स्थानीयको श्रम र गाविसको रकमले जताततै सडक बनेका छन्,' जिविसका योजना अधिकृत सुरेन्द्र थापामगरले भने, 'यसले जिल्लामा कृषि व्यवसायको सम्भावना बढाएको छ।'
सडक सञ्जालले छोएका गाउँमा तरकारी खेती गर्न सके आम्दानी लिन कतै जानुपर्दैन। जिल्लाको दुर्गम र विपन्न बस्तीमा समेत सडक पुगेकाले व्यावसायिक तरकारीर्फ आकर्षण बढेको छ। 'बजार नपाए पनि सजिलै अन्य साना–ठूला बजारमा बिक्री गर्न सकिन्छ,' कमलामाई नगरपालिका–९ का कृषक चेतबहादुर बरालले भने। तीन वर्षयतामात्रै तरकारी उत्पादन १० गुणाले बढेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईं बताउँछन्।
समृद्धिको बाटो खुल्यो
पाँचथर– प्राथमिकतासाथ निर्माण अघि बढाइएको पुष्पलाल लोकमार्गले पा“चथरको चिवाभञ्ज्याङलाई बैतडीको झुलाघाट जोड्दैछ। 'मध्यपहाडी' भनेर चिनिने यो मार्गले छुने हरेक ठाउ“को महत्व अहिले बढ्दैछ। तर, मध्यपहाडी मार्गको सुरु बिन्दु सिक्किमस“ग जोडिएको चिवाभञ्ज्याङ हुनाले पूर्वमा पाँचथरको महत्व अहिले बढेको छ। विकास नभएको भनेर कतिपय कुरामा पछि पारिँदै आएको पा“चथर मध्यपहाडी मार्गले चम्कि“दैछ।
मध्यपहाडी मार्गले सिक्किमस“ग साइनो मात्र जोडेन, यसले भेट्ने ग्रामीण बस्तीमा थुप्रै खाले सुविधा भिœयायो। उद्गम बिन्दु यहीँ हु“दा मध्यपहाडी मार्गले पाँचथरलाई चिनाएको त छ नै, ट्र्याक विस्तार भएसँगै विकासका अन्य पूर्वाधार पनि थपि“दैछन्। मध्यपहाडीस“गै कालोपत्रे भइसकेको मेची राजमार्गले पनि पा“चथरका थुप्रै गाउ“ छोएको छ। राजमार्ग पुगेका गाउ“ हरेक दृष्टिले अग्रणी देखिन्छन्। जिल्लाका ४१ गाविसमै सडक पुगेपछि पा“चथर सुगम बन्दैछ।
पा“चथरका सबै गाविसमा सडक पुगेको धेरै भएको छैन। दशक लामो द्वन्द्व अन्त्यपछि ग्रामीण क्षेत्रमा सडक निर्माणले तीव्रता पाएको हो। त्यो क्रम बढ्दै जा“दा अहिले गाविसमा मात्रै होइन, कतिपय ठाउ“मा त वडैपिच्छे सडक विस्तार भइसकेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत गणेश चोक–चिवाभञ्याङ खण्डको ६० किलोमिटर र जोरसालदेखि तमोरसम्मको १० किलोमिटर सडक पा“चथरमा पर्छ। मेची राजमार्गको ९४ किलोमिटर सडक पनि यहीँ छ।
पा“चथरका गाउ“लाई एकअर्कामा जोड्न करिब २ हजार २ सय किलोमिटर सडकको ट्रयाक खुलेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोपाल लिम्बूले बताए। सडक सञ्जालका हिसाबले पा“चथर नेपालमै तेस्रो स्थानमा आउने उनको दाबी छ।
'सडककै कारण पा“चथरबाट बसाइँ सर्नेको संख्यामा कमी आएको छ,' च्याङथापुस्थित विष्णु उच्च माविका सहप्राचार्य यज्ञ भट्टराई भन्छन्, 'यति चा“डो गाउँगाउँमा सडक पुग्ला भन्ने सोचिएको थिएन, गाँउको आर्थिक, सामाजिक रुपान्तरण भइरहेको छ।'
मेडिकल सिटीको नयाँ पहिचान
विसं २०५४ असोज १६ गते भरतपुरमा क्यान्सर अस्पताल बनाउनेबारे भएको छलफलमा स्थानीय राजनीतिकर्मी नरबहादुर खाँडले चितवनलाई मेडिकल सिटी बनाउन सक्ने अवधारणा ल्याएका थिए। पर्यटन व्यवसायी कर्ण शाक्यले समर्थन जनाएर यसलाई सार्वजनिक बहसमा ल्याएका थिए। १६ वर्षअघिको सपनाले अहिले साकार रुप लिइरहेको छ।
भरतपुर चौबिसकोठीमा कुनै समय नामुद पर्यटकीय होटल थियो– नारायणी सफारी। सशस्त्र संघर्षकालमा बेला बन्द भयो। त्यही भवन भाडामा लिएर अस्पताल सञ्चालन भयो। त्यस ठाउँमा सञ्चालित नारायणी सामुदायिक अस्पताल अहिले अन्यत्र सरेको छ।
नारायणी सामुदायिक अस्पतालको नयाँ भवन भव्य छ। भव्य भवनकै आडमा अर्को तीनतले भवन बन्दैछ। नारायणी सामुदायिक अस्पतालले छाडेको होटलको पुरानो भवन पनि खाली छैन। त्यहाँ श्री पुष्पाञ्जली नामक नयाँ निजी अस्पताल खोलिएको छ।
चितवन भरतपुर क्षेत्रमा एकपछि अर्को अस्पताल बन्ने क्रम जारी छ। निजी अस्पताल समन्वय समिति, चितवनका उपाध्यक्ष केशव देवकोटा ६० सालबाट यहाँ अस्पताल खुल्ने क्रम सुरु भएको सम्झन्छन्। ०६६ यता यो रफ्तार बढेर गयो। जिल्लामा अहिले १५ देखि सय शऒ्ढयाका २२ निजी अस्पताल सञ्चालनमा छन्। अस्पताल खुल्ने क्रम रोकिएको छैन।
अहिले त विशिष्ट सेवा दिने अस्पताल नै खुल्न थालेका छन्। भरतपुरमै स्थापना हुन थालेको निको अस्पतालले बच्चाको मात्रै उपचार गर्ने लक्ष्य राखेको छ। एनआइसियुसहित यो अस्पतालको सेवासुविधा अन्तर्राष्ट्रिय स्तरको हुने देवकोटा बताउँछन्।
एउटा अस्पताल स्थापना गर्न २ देखि ७ करोडसम्म लाग्छ। विशिष्ट अस्पतालमा यो खर्च झन्डै दोब्बर हुन्छ। मेडिकल सिटीको रुपमा प्रचार हुने चितवनमा त्यस्ता खालका अस्पताल धमाधम बन्न थाल्नु सपना साकार हुने दिन नजिकै आएको देवकोटाको आँकलन छ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशी भन्छन्, 'चितवन स्वास्थ्य क्षेत्रमा लगानीको प्रचुर सम्भावना बोकेको जिल्ला हो।'
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारका अनुसार २२ जिल्लाबाट उपचारका लागि आउने करिब ४ लाख बिरामीको उपचार हुने गर्छ एकै वर्षमा।
चितवनको अवस्थिति देशको मध्यभागतिर हुनुले स्वास्थ्यमा फाइदा लिन सजिलो भएको हो। यहाँ स्वास्थ्य पूर्वाधारमा हुने लगानी खेर जाँदैन।
चिकित्सक र नजिकका मान्छेकै लगानी अस्पतालमा धेरै छ। एकल होइन, सामूहिक। धेरै अस्पताल भरतपुर क्षेत्रमा छन्। एक किलोमिटर क्षेत्रभित्र अर्को अस्पताल निर्माण गर्न नपाइने सरकारी नियम छलेर अस्पताल बनाउने क्रम चलिरहेकै छ।
अस्पताल सञ्चालन सम्बन्धी नयाँ व्यवस्थाले पूर्वाधारमा लगानी अपरिहार्य बनाएको छ।
सडक पूर्वाधार र सुविधाले धनी यहाँ क्यान्सर उपचारमा काठमाडौंमै नभएको सुविधा छ। अनुभवी न्युरो सर्जन पनि छन् भरतपुरमा। कर्णालीवारिदेखि कोसीवारिसम्मका बिरामी आउने चितवन काठमाडौंको विकल्प हो। 'काठमाडौं जान नसकेको अवस्थामा भरतपुर छिरौं भन्ने धारणा धेरैको छ,' नेपाल चिकित्सक संघका चितवन अध्यक्ष डा. कृष्ण पौडेल भन्छन्।
भरतपुरमा मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपणबाहेक नेपालमा सम्भव सबै उपचार उपलब्ध रहेको पौडेल बताउँछन्।
जिल्लामा सबै अस्पतालमा गरी २ हजारभन्दा बढी शऒ्ढया छन्। पुरानो सरकारी अस्पतालकै पर्खालसँग जोडिएको ७ सय शऒ्ढयाको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल छ। यी दुई अस्पतालसँग पर्खाल जोडिएको छ आँखा अस्पतालको। क्यान्सर अस्पताल झन्डै तीन किलोमिटरको फरकमा छ।
पुरानो मेडिकल कलेज शिक्षण अस्पतालले दक्षिण एसियाली राष्ट्र (सार्क) का सर्जनबाट सेवा दिन सुरु गरेको छ। शल्यचिकित्सक (सर्जन) हरुको सार्क राष्ट्रस्तरीय संगठनका पदाधिकारी अनुगमनले सो अस्पतालको निरीक्षण गर्दा त्यहाँको सेवा सुविधा र पूर्वाधार उत्कृष्ट देखेपछि सार्क सर्जिकल अस्पताल सञ्चालनको स्वीकृति दिएका हुन्।
बिपी कोइरला मेमोरियल क्यान्सर अस्पताल अर्काे अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारयुक्त अस्पताल हो। नेपालका ७५ जिल्लाका मात्र होइन, भारत र भुटानबाट समेत यस अस्पतालमा बिरामी आउँछन्। बहिरंग सेवाबाट वर्षमा ९० हजारभन्दा धेरै बिरामीले सेवा लिने गरेको तथ्यांक छ।
विसं २०२० सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्दा भरतपुर अस्पतालमा २५ शऒ्ढया थियो। मलेरियाका बिरामी उपचार गर्ने लक्ष्य राखेर स्थापना भएको यो अस्पताल जस्ताको छाप्रोमा थियो। अहिले आधुनिक भवनमा छ। सरकारले अहिले ३ सय शऒ्ढयाको दरबन्दी दिएको छ। अस्पताल विकास समिति आफँैले थप सय शऒ्ढया सञ्चालन गरेको छ। वषमा एक लाख २५ हजार बिरामी आउने भरतपुर अस्पतालको तथ्यांक छ जुन काठमाडौंको वीर अस्पतालपछिको हो। १० हजारभन्दा धेरैले सुत्केरी सेवा लिने गरेका छन्। यो संख्या पनि काठमाडौंको प्रसूति गृहपछिको हो।
सडकले जगायो आशा
मुगु– कर्णाली राजमार्गको नाग्म–गमगढी सडकखण्ड सञ्चालनमा आएपछि मुगुमा विकासको आशा जागेको छ। मनोरमताको खानी रारा ताल बाह्य तथा आन्तरिक पर्यटकहरुको सहज पहुँचमा पुगेको छ। महँगो हवाइमार्ग वा जुम्लाबाट दुई दिनको पैदलयात्राको विकल्प नाग्म–गमगढी सडक बनेको छ। राष्ट्रिय राजमार्गसँग सदरमुकाम गमगढी जोडिएको एक वर्षमै आसपासका अन्य गाविस तथा भेक क्षेत्रमा पनि सडक विस्तार गर्ने क्रम तीव्र छ।
पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल अहिलेको सडक सञ्जाललाई विस्तार गर्न सकेमा उत्तरतर्फ हुम्लासँग मात्र ८० प्रतिशत व्यापार हुने, मानसरोवर, रारा, हुँदै से–फोक्सुन्डोसम्म पर्यटन पदमार्ग जोडी पर्यटनमा विकास हुन सक्ने बताउँछन्। सोरु भेकबाट मास, सिमी, कपास, भेडा, बाख्रा, पशुवस्तु, खत्याडबाट फलफूगल, खाद्यान्न, करानबाट ऊन, राडी पाखी, भेडा र जडीबुटी सदरमुकाम गमगढी सहज रुपमा पुग्न सक्छ। ‘प्रशस्त सम्भावनासँगै चुनौतीसमेत उत्तिकै छन्,’ मल्ल भन्छन्, ‘यी सम्भावना र चुनौतीलाई सडकले समाधान गर्न सक्छ।’ चारैतिरबाट जिल्लालाई सडक सञ्जालसँग जोड्न र स्थानीय कृषि उत्पादन, गैरकाष्ठ वनपैदावरलाई प्रमुख व्यवसाय बनाउँदा अहिले भइरहेको आयात रोकेर निकासी बढाउन सकिने उनको भनाइ छ।
संविधानसभा सदस्य मोहन बानियाँ मुगुलाई प्रमुख व्यापारिक केन्द्र बनाउन तिब्बत सरकारसँग उत्तर–दक्षिण सडक निर्माणका लागि समन्वय र सम्झौता छिटो गर्नुपर्ने, नाग्म–गमगढी (९४ किलोमिटर) सडकको कालोपत्रे गर्नुपर्ने, पर्यटन, जडीबुटी, जलस्रोतलगायत विकासका स्रोतलाई पहिचान गरी प्रयोगमा ल्याइनुपर्ने बताउँछन्। अहिले जिल्लाका विभिन्न स्थानमा पाईने पाँच औले, चिराईतो, सिलाजित, यार्सागुम्बा, पदमचाल, कटुकी, अतिस, भुतकेशलगायत धेरै जडीबुटी अव्यवस्थित रुपमा संकलन, निकासी भइरहेका छन्।
अहिले उत्तरमा हुम्ला, पूर्वमा तिब्बत, दक्षिणमा जुम्ला र उत्तरपश्चिममा बाजुरा जिल्लासँग सडक विस्तार गर्ने गरी सडक निर्माणको काम भइरहेको छ। चारैतिर सडक सञ्जालसँग जोडिने हो भने मुगु जिल्ला प्रमुख व्यापारिक केन्द्र बन्न सक्नेमा दुईमत छैन। मुख्य नाका चीनको स्वशासित क्षेत्र तिब्बतसँग सडक सञ्जाल विस्तार गर्ने कार्य पनि सुरु भएको छ। अहिले तिब्बतसँग जोडिएको मुगु गाविसका स्थानीयवासीहरुले वार्षिक करोडौं आम्दानी गरिरहेका छन्।
पुलले जोडेको खुसी
'म आशा गर्छु, तपाईहरुलाई यो पुल धेरैै उपयोगी हुनेछ। पुलले गाउँ र बजार जोड्नेछ,' बेलायती राजदूत एनड्यु जेम्स स्पार्कले नेपालीमै यसरी संक्षिप्त मन्तव्य राख्दा मंसिरमा आयोजित पुल उद्घाटन कार्यक्रममा तालीको गडगडाहटले मञ्च गुन्जियो।
राजदूत स्पार्क धनकुटा–भोजपुर माझको लेगुवाघाटस्थित अरुण नदीमाथि बनेको पक्की पुल उद्घाटन गर्दै थिए।
कच्ची सडक बनेको पाँच वर्ष नबित्दै ठूलो लगानीमा पुल निर्माण हुनुले मात्र स्थानीयमा खुसी ल्याएको होइन, जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडि“दा उनीहरुमा झन् उत्साह थपियो।
बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) को करिब ३५ करोड आर्थिक सहयोगमा पुल निर्माण भएको हो। २०६५ मा हेलिकप्टरबाट गाडी ओरालिएको भोजपुरमा पक्की पुल निर्माणसँगै सवारीसाधन सहज रुपमा सञ्चालन हु“दैछ। कुनै बेला विकट र दुर्गम जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। स्ट्रिल ट्रस ब्रिजअन्तर्गत बनेको पुलको लम्बाइ १ सय २० मिटर, चौडाइ सात मिटर र उचाइ २० दसमलब ६ मिटर छ। यस्तै पुल संखुवासभाको सभाखोलामा पनि बन्यो जसले भोजपुरजस्तै संखुवासभामा पनि खुुसी ल्याएको छ।
अरुण नदी र सभाखोलामा पक्की पुल बनेस“गै पूर्वी पहाडका संखुवासभा, भोजपुर र खोटाङमा (र्याकप) अन्तर्गत खनिएका करिब २ सय ८० किलोमिटर कृषि सडक आपसमा जोडिएका छन्। आवतजावत सहज भएको छ। पुल नबन्दासम्म यहाँ सडक विभागले वैकल्पिक साधनका रुपमा फेरी चलाएको थियो। पानीको तीव्र बहाबसँगै फेरी बन्द हुँदा सर्वसाधारण झोलुंगे पुलको भर पर्नुपर्थ्याे। सवारीसाधन एकतर्फी मात्रै सञ्चालन हुन्थे। अब यी सबै झन्झटबाट भोजपुरवासी मुक्त छन्। पुल बनेसँगै जिल्लामा विकासको ढोका खुल्ने स्थानीयको अपेक्षा छ। 'पुलले यस क्षेत्रको विकासको ढोका खोलिदिनेछ,' भोजपुरका स्थानीय विकास अधिकारी प्रेमप्रसाद घिमिरे ढुक्क छन्।
हिले—भोजपुर सडक भोजपुरवासीको 'भाग्यरेखा' नै मानिन्छ। बेलायती सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्यालप) अन्तर्गत सन् २००१ बाट सुरु भएको पुल निर्माण सन् २००६ मै सक्ने योजना थियो। द्वन्द्वले विकास निर्माण अवरुद्ध हुँदा पक्की पुल तर्ने स्थानीयको सपना यसपालि मात्र पूरा भयो।
भोजपुरमा सडक सपना बिस्तारै विपनामा बदिलएको छ। अधिकांश गाउँमा धुले सडक बनेका छन्, बाँकीमा निर्माण जारी छ। भोजपुर सदरमुकामसम्म सडक यातायात सुरु भएपछि अहिले गाउँ—गाउँमा सडक खन्ने लहर नै चलेको छ। कतै सरकारी बजेटले सडक बाटो खनिँदैछ त कतै निजी स्तरमा आर्थिक संकलन गरेर बाटो निर्माण हँुदैछ।
मोटरबाटो र मोटर गाडी हेर्न कुनै बेला धरान—धनकुटा झर्नुपर्ने भोजपुरका बासिन्दा आफ्नै घरआँगनबाट गाडी गुडेको हेर्न पाउँदा दंग पनि छन्। मानेभन्ज्याङ–५ की ९० वर्षीया महितिमाया तामाङको अनुहारमा बुढ्यौलीका धर्सा प्रस्ट देखिन्छन्। तर उनको यो बुढ्यौली अनुहारमा छुट्टै आभा देखिन्छ। भन्छिन्, 'म खुसी छु, आफ्नै आँगनबाट मोटर चल्छ, नुनतेल खान सजिलो भएको छ।'
चार दशकभन्दा लामो समयदेखि मानेभन्ज्याङ बजारमा व्यापार गर्दै आएका केशरप्रसाद पराजुली भन्छन्, 'यातायात सुविधासँगै व्यापार फस्टाएको छ।' सडक सुविधा नहँुदा ढुवानी खर्च मात्र प्रतिकेजी २५ रुपैयाँ तिर्ने पराजुली यतिबेला चार रुपैयाँ ढुवानी भाडा तिर्छन्।
सडक सुविधाले स्थानीय कृषकलाई समेत फाइदा पुगेको छ। एकातिर थोरै मूल्यमा सामान पाइने, अर्काेतिर उत्पादन बजारसम्म पुर्याथउन सहज भएको छ। उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठ भन्छन्, 'गाउँमा सडक सुविधाले विकासका ढोका खुल्न थालेका छन्, गाउँ र सहरबीचको सम्बन्ध जोडिएको छ।'
(कलेन्द्र सेजुवाल/सुर्खेत, विनोद सुवेदी/विराटनगर, टेकनारायण भट्टराई/पाल्पा, अनिल भण्डारी/सिन्धुली, गिरिराज बाँस्कोटा/पा“चथर, ध्रुव सुवेदी/भोजपुर, रमेशकुमार पौडेल/चितवन र सुमन मल्ल/मुगु)
प्रकाशित: ११ वैशाख २०७१ ०१:५१ बिहीबार