अन्य

इन्डो नेपाल खेलकुद महोत्सव हुने

काठमाडौं– काठमाडौं रिलायन्स इन्टरनेसनल एकेडेमी र सदावहार खेलकुद समाजको संयुक्त आयोजनामा मंगलबार देखी प्रथम नेपाल–भारत विद्यालयस्तरीय खेल महोत्सव हुने भएको छ। स्कोप इन्डियाको सहयोगमा हुन लागेको खेल महोत्सवमा ह्यान्डबल (यु–१४, यु–१९), फुटबल (यु–१४, यु–१९) र रोलबल समावेश छन्।महोत्सवअन्तर्गत फुटबल खेल हिमालयन शेर्पा क्लबको हात्तिगौडास्थित मैदानमा हुनेछ भने ह्यान्डबल कपनमा हुने महोत्सवका संयोजक बद्री भट्टाराईले जानकारी गराए। 
शुक्रबारसम्म चल्ने महोत्सवअन्तर्गत ह्यान्डबलको यु–१४ मा आयोजक रिलायन्स, जोसेफ मावि, सेन्ट जेभियर्स इन्डिया, पुने इन्डिया र नेपालको यु–१४ विद्यालयस्तरीय राष्ट्रिय टिमले भाग लिएका छन्। ह्यान्डबल यु–१९ मा रिलायन्स, ब्लुबर्ड एकेडेमी, सेन्ट जेभियर्स इन्डिया र एमपी इन्डियाले प्रतिस्पर्धा गर्नेछन्।
टिआइए, लोयल्टी एकेडमी, ब्रिटिस एकेडेमी, इन्डिया टिम 'ए' र इन्डिया टिम 'बी' ले यु–१४ फुटबलमा भाग लिएका छन। फुटबल यु–१९ मा रिलायन्स, टिआइए, इन्डिया टिम 'ए' र इन्डिया टिम 'बी' ले प्रतिस्पर्धा गर्नेछन्। मंगलबार कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले महोत्सवको उद्घाटन गर्ने आयोजकले बतायो।

प्रकाशित: ७ वैशाख २०७१ २०:१७ आइतबार