अन्य

‘चोरिएका चित्र'हरुको प्रदर्शनी

काठमाडौंनेपालबाट विविध कालखण्डमा चोरिएका र हराएका चित्रहरुको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको छ। शुक्रबार वसन्तपुरस्थित काष्ठमण्डपमा विश्व सम्पदा दिवसको अवसरमा सुरु भएको प्रदर्शनीमा एकाराम सिंह निर्मित २५ थान चित्र प्रदर्शनीमा राखिएको छ।रिक्रिएसन आर्ट आर्कोलजी लस्ट फ्रम नेपालशीर्षकको प्रदर्शनीमा चित्रकार एकारामले नेपालबाट हराएका पुरातात्विक महत्वका चित्रहरुको झल्को दिने चित्रहरु तयार गरेका छन्। सिंहले १६ वर्षको मेहनतपछि हराएका चित्रको प्रतिलिपि बनाउन सकेको जानकारी गराए।

चित्रले हाम्रो भाषासभ्यता र कलाकारिता कस्तो थियो भन्ने कुरा बताउँछन्। इतिहास जान्न यस्ता चित्रको ठूलो महत्व छ,' एकारामले भने। उनले बनाएका २५ थान चित्रमा सतीप्रथाबोक्सीराजकीय सपथ तथा मर्यादा जस्ता विषयले स्थान पाएका छन्।

एकारामले विदेशमा रहेका यी चित्रलाई त्यहाँको संग्रहालयमा महत्व दिएर राखेका कारणले पनि यिनको ऐतिहासिकता पुष्टि हुने बताए र ती चित्रलाई फर्काउन सरकारले चासो लिनुपर्ने आवश्वयकता औंल्याए। हराएका धेरै चित्र अमेरिकाबेलायतअस्ट्रेलिया र भारतका संग्रहालयमा रहेको एकारामको कथन थियो। प्रदर्शनी आइतबारसम्म चल्नेछ।

प्रकाशित: ६ वैशाख २०७१ २०:११ शनिबार