सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा अभिनेत्री अर्चना देलालको सौन्दर्यको प्रशंसा नगर्ने कमै हुन्छन्। त्यसमाथि उनले फिल्म 'ढुवानी' मा गरेको आइटम डान्सको तारिफ गर्नेहरू कति छन् कति।उनको सौन्दर्य र आइटम डान्स नियालेकाहरूले उनलाई हिरोइन बनाउने आश्वासन नदिएका होइनन्। तर, अहिलेसम्म उनले अभिनय गरेको फिल्म रिलिज हुने अवसर मिलेको छैन। तर, आइटम डान्समा भने दर्शकलाई रमाउने अवसर मिलेको छ। पछिल्लो पटक 'दमदार' भन्ने फिल्ममा उनको आइटमको फेरि चर्चा भएको छ। नामजस्तै फिल्म दमदार छ कि छैन, त्यो भने पारख गर्न बाँकी नै छ।
प्रकाशित: ६ वैशाख २०७१ ००:३८ शनिबार