प्यूठान— कोदालो प्रहार गरी एक वृद्धको हत्या भएको छ। उदयपुरको–७, निवासी शशिराम विश्वकर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राती सुतीरहेको समयमा अन्दाजी वर्ष ६५ को उनलाई स्थानीय जीतबहादुर सुनारले हत्या गरेको प्रहरी नायव उपरिक्षक दिपक रेग्मीले बताए ।
अभियुक्त सुनार चोरी गर्न गएको अवस्थामा देखेपछि कोदालोले टाउकोमा प्रहार गरी घाइते बनाएको स्थानीयले बताए। घटनास्थलमै घाइतेको मृत्यु भएपछि स्थानीयको सहयोगमा अभियुक्त अन्दाजी वर्ष १८ को युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान करिब ४ बजेको समयमा भएको यो घटनापश्चात पीडित परिवार र स्थानीयले थाहा पाएर प्रहरीलाई फोन गरेका थिए। प्रहरी चौकी देबिस्थानदेखि घटना भएको स्थान पैदल ३ घण्टाको दुरीमा उत्तर पश्चिमा पर्छ ।
यसैबीच सोही घटनामा संलग्नता रहेको अभियोगमा अर्का एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्दाजी वर्ष ३० को होमबहादुर रानालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ।
प्रकाशित: ४ वैशाख २०७१ ००:५८ बिहीबार