अन्य

नेविसंघको चित्र प्रदर्शनी

काठमाडौं– ग्यालरीका भित्ताभरि राष्ट्रिय झण्डा, नेपाल, बुद्धका चित्र देखिन्छन्। चित्रले राष्ट्रियतालाई प्रतिविम्बित गर्न खोजेका छन्। यी चित्र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ग्यालरीमा झुण्डिएका छन्। नेपाल विद्यार्थी संघले आफ्नो ४४ औं जन्मजयन्ती पारेर चित्र प्रदर्शनी गरेको हो।‘नेविसंघको ४३ औं जन्मजयन्तीको अवसरमा कार्यशाला गरिएको थियो। त्यसलाई बिपी कोइराला शतवार्षिकी समारोहको अवसरमा प्रदर्शनी गरिएको नेपाल ललितकला लोकतान्त्रिक संघका अध्यक्ष नगेनसिंह ठकुरीले बताए। 
देशभरका १ सय ३० जना कलाकारको चित्र एकै ठाउँमा प्रदर्शन गरिएको छ। चित्रले नेपाल चिनाउने जमर्को गरेको देखिन्छ। ‘जातीयता होइन, आत्मीयता खोजौं। साम्प्रदायिकता होइन राष्ट्रियता रोजौं' शीर्षकमा चित्रकला कार्यशाला गरिएको थियो। हिमाल, पहाड, तराइ, जातजाति, मठमन्दिर, गाउँ, शहरलाई क्यानभासमा उतारिएको छ। 
नेपाल ललितकला लोकतान्त्रिक संघको संयोजनमा गरिएको प्रदर्शनी बिहीबार सकिँदैछ। सोही अवसरमा नेविसंघले कलाकार संघका केन्द्रीय समिति र जिल्ला अध्यक्षलाई सम्मान गरेको थियो। 
प्रदर्शनीमा गेहेन्द्रमान अमात्य, महेश आचार्य, रमेश खनाल, नगेनसिंह ठकुरी, सजिता श्रेष्ठ, ज्योति हमाल, सुनिता राणा, प्रमिला परियार, राजन महर्जन, योगश गुरुङ, सिर्जना भट्ट, विनय हुमागाई, धीरज बरालकोटी, किशोर महर्जन, मनिता तामाङ, रोविना शाक्य लगायतका चित्र राखिएका छन्।

प्रकाशित: २६ चैत्र २०७० २१:५८ बुधबार