कलाकारको समूह यही महिनाको २४ तारिख लण्डनमा आइपुग्ने र मे ६ तारिख फर्किने कार्यक्रम तय भएको संयोजक आचार्यले बताए। दर्शकले महयात्रा २६ र २७ अप्रिल र ४ मेमा क्रमशः अल्डरसट, ह्यारो लिजर सेन्टर र फोकस्टोनमा गएर हेर्न सक्ने आयोजकले बताएको छ।
कलाकारको लण्डनसम्मको यात्रा सपन इन्टरटेनमेन्ट लि.ले तय गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै सपन इन्टरप्राइजेजका प्रमुख सपनकुमार राईले महयात्राको सम्पूर्ण तयारी पुरा भइसकेको जनाकारी दिए। उनले महको कार्यक्रम पूर्ण रुपमा ब्यवसायिक हुने बताए। ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी इन्टरप्राइजेजले लिनेछ। कार्यक्रम हेर्न बेलायतका विभिन्न शहरबाट मानिसको ओइरो लाग्ने अपेक्षा आयोजकले गरेका छन्। कार्यक्रम व्यवस्थाक वीरेन खड्काले अग्रीम बुकिङ सुरु भइसकेको जनाकारी दिए।
प्रकाशित: २५ चैत्र २०७० ००:०९ मंगलबार