नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, नेकपा–माओवादी, राप्रपा, नेकपा मात्रृका समूह, नेपाल कम्युनिष्ट पार्टीआबद्ध महिला संगठन र अन्तरपार्टी सञ्जाल जिल्ला कमिटीको संयुक्त आयोजनामा गरिएको तालाबन्दी शुक्रबार साँझसम्मको सर्वपक्षीय वार्तापछि खोल्ने निर्णय भएको हो। सहमतिअनुसार ढकाललाई जागीरबाट निलम्बन गर्ने निर्णय भएको छ भने आइतबार १० बजेदेखि ताला खोल्न आन्दोलनकारी सहमत भएका हुन्।
'शुक्रबार विहानदेखिको वार्ता साँझ ६ बजे सहमतिमा टुंगिएको छ,' कार्यकारी अधिकृत खड्गबहादुर कार्कीले भने, 'सहमतिअनुसार ढकाललाई निलम्बन गर्ने निर्णयसँग ताला खोलिने भएको छ।' शुक्रबार कार्यालय समय सकिएका कारण आइतबार मात्र ताला खोल्न महिलाहरु सहमत भएका छन्। ढकालको कार्यकक्षमा मात्र ताला लगाइएको भए पनि कार्यालयको सर्भर रहेको कम्प्युटर सोही कोठामा रहेकाले नगरपालिकाको सबै कामकाज रोकिन पुगेको थियो।
राजस्व बुझाउन आउने र आन्दोलनकारीबीच शुक्रबार लगभग दुईघण्टा विवादसमेत भएको थियो। काम लिएर आउने नगरवासी रित्तो हात फर्कनुपरेका कारण बन्द खोल्न आग्रह गर्दा आन्दोनलनकारीसँग विवाद भएको हो। नगरपालिकाको गेटमै तालाबन्दी गर्ने चेतावनी केही सेवाग्राहीले दिएपछि महिलाहरुको उनीहरुसँग विवाद भएकोमा प्रहरी र कर्मचारीको सहजीकरणमा साम्य भएको थियो।
ढकाललाई बर्खास्त गर्ने अडानसाथ आन्दोलनकारीले तालाबन्दी कायम राखेका कारण निलम्वन गर्नुपरेको कार्कीले बताएका छन्। उनका अनुसार आफूमाथिको कारबाहीउपर चित्त नबुझे माथिल्लो निकाय (मन्त्रालयका सचिव) समक्ष ढकालले पुनरावेदन दिन पाउनेछन्। सुरुमा एक महिनाका लागि गरिने निलम्बन प्रमाण र आधारहरु जुट्दै गएमा थप हुँदै जाने उनले बताए।
प्रकाशित: २१ चैत्र २०७० २१:५९ शुक्रबार