अन्य

साहिल र गोविन्दले जिते स्वर्ण

काठमाडौं– साहिल बिक र गोविन्द मगरले दोस्रो राष्ट्रिय वादोरियो कराते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।शुक्रबार मध्यपश्चिमाञ्चलका साहिलले २० केजी तौल समूहको फाइनलमा मध्यमाञ्चलका नीरज तामाङलाई हराए। पश्चिमाञ्चलका गोविन्दले मध्यपश्चिमका सोनाम लामाविरुद्ध विजय पाए।
नेपाल वादोरियो कराते लिबर्टी डोजोको आयोजनामा जोरपाटी अत्तरखेलमा भएको फाइनलको ३० केजीमा मध्यमाञ्चलका बिकबहादुर थानीले मध्यपश्चिमाञ्चलका सुभाष लामालाई हराउँदै स्वर्ण जिते। ३५ केजीमा पश्चिमाञ्चलका खुर्पा शेर्पाले पूर्वाञ्चलका विशाल तामाङ तथा ४० केजीमा पश्चिमाञ्चलका निमा तामाङले पूर्वाञ्चलका यमन श्रेष्ठलाई हराउँदै स्वर्ण जितेका छन्। प्रतियोगिताको उद्घाटन सभासद रामेश्वर फुयालले गरेका थिए। सो अवसरमा नेपाल वादोरियो कराते लिवर्टी डोजोको अध्यक्ष संजय लामा, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, आयोजक स्कुलका प्रिन्सिपल ओमप्रसाद ढकाललगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए। उद्घाटनमा नेपाल वादोरियो कराते संघकोे वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरियो।

प्रकाशित: २१ चैत्र २०७० १९:४३ शुक्रबार