अन्य

१८ लाखको कपडासहित ट्रक नियन्त्रणमा

सिरहा - मुख्य भन्सार नाकाबाट राजस्व छली गरि भित्र्याइएको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममा मिर्चैया प्रहरीले चोहर्वा चौकबाट करिब १८ लाख मूल्य वराबरको भन्सार छलेको कपडाले भरिएको ट्रक पक्राउ गरी आन्तिरक राजस्व विभाग पूर्व क्षेत्रीय कार्यालय इटहरी पठाएको छ।

भारतीय शहर जयनगरबाट ल्याइएको कपडाले भरिएको ना ४ ख ८२१६ नम्बरको उक्त ट्रक माडर भन्सार नाका हुँदै आएको थियो। पूर्व सुचना पाएर इलाका प्रहरी कार्यालय मिर्चैया प्रहरीको टोली माडरबाट २१ किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्गको चोहर्वामा तैनाथ थियो। इन्स्पेक्टर नरेशराज सुवेदीले भने,‘ प्रहरीलाई झुक्याउन राखेको पुरानो प्रज्ञापनपत्र देखाएर उम्कन खोज्दा पक्राउ गरियो।’
 पुरानो प्रज्ञापनपत्रको आडमा कैयौ पटक राजस्व छलेर भारी परिमाणमा मालसामान भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,' सुवेदीले भने, ‘थप कारबाहीका लागि ट्रकसहित क्षेत्रीय राजस्व विभाग पठाइएको छ।’
 

प्रकाशित: १९ चैत्र २०७० ०१:५० बुधबार